बलात्कार आरोपी सांसद बानियाँ निलम्बित

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
४७ पटक हेरिएको
Shares
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित

सारांश

  • जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा परेका छन् ।
  • बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ को उपनियम ३ अनुसार संसदलाई जानकारी गराएका छन् ।
  • सभामुखले जानकारी गराएसँगै उनी निलम्बनमा परेका हुन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा परेका छन् । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ को उपनियम ३ अनुसार संसदलाई जानकारी गराएका छन् । सभामुखले जानकारी गराएसँगै उनी निलम्बनमा परेका हुन् ।

यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका लागि थुनामा रहेको अवधिभर उसले सदस्यको हैसियतले कुनै काम गर्न नपाउने र पारिश्रमिक, सेवा सुविधा स्थगित हुने उल्लेख छ ।

नेकपा एमाले मुगुका सांसद बानियाँले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएपछि उनी अहिले प्रहरी हिरासतमा छन् ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद बानियाँलाई खोजी गरिरहेका बेला यही फागुन १६ गते सांसद बानियाँ आफैँ प्रहरी कार्यालयमा पुगेका थिए । बानियाँलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको विषय प्रहरीले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो
उपत्यकामा ४ ‘स्मार्टसिटी’को योजना बन्यो
जुवा खेलिरहेका ११ जना पक्राउ
जुवा खेलिरहेका ११ जना पक्राउ
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान
कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान
देउवातर्फ संकेत गर्दै चन्द्र भण्डारीले भनेः  परिवार केन्द्रित राजनीति अब अावश्यक छैन
देउवातर्फ संकेत गर्दै चन्द्र भण्डारीले भनेः परिवार केन्द्रित राजनीति अब अावश्यक छैन

तपाईंले छुटाउनुभयो कि?