‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्

सारांश

  • ‘आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यान तिलान्जली दिन सक्छिन्’ विश्वव्यापी रुपमा चर्चित यो कथन फेरी एक पटक चर्चा गर्न लाएक हुन्छ।
  • जब, अष्ट्रेलियाकी एक आमाले आफ्नो सन्तान बचाउन एउटा खतरनाक अवस्थालाई पार गर्छिन्।
  • यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान धरापमा राखेर आफ्नो ४ महिने शिशु जोगाएकी छन्।

‘आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यान तिलान्जली दिन सक्छिन्’ विश्वव्यापी रुपमा चर्चित यो कथन फेरी एक पटक चर्चा गर्न लाएक हुन्छ।जब, अष्ट्रेलियाकी एक आमाले आफ्नो सन्तान बचाउन एउटा खतरनाक अवस्थालाई पार गर्छिन्। यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान धरापमा राखेर आफ्नो ४ महिने शिशु जोगाएकी छन्।

यतिबेला उनको चर्चा विश्वभर भइरहेको छ। उनलाई ‘नायक र आश्चर्य महिला’को उपमा दिइएको छ।२३ वर्षिया ती आमा थिइन् फियोना सिम्पसन। सिम्पसन आफ्नो शिशु (छोरी) र हजुरआमाको साथमा ‘कफि सप’बाट घर फर्किरहेका थिए। मौसम विग्रिएको थियो।उनले विस्तारै कार चलाइरहेकी थिइन्। केहिबरेमै अवस्था निकै भयानक बन्यो। एका–एक घातक असिना पानी पर्न सुरु भयो। उनले आफ्नो शिशु पछाडी राखेकी थिइन्।

तर जब असिनाले कारका सिसानै फुटाउने अवस्था आयो। सिम्पसन पछाडीको सिटमा हतपत गइन् र आफ्नो शिशुलाई काखमा लिइन्। सोही खबत पछाडीको सिसा फुटाउँदै असिना लगातार बर्सन थाल्यो।बेग्र गतिमा आएको असिनाले सिम्पसन्को शरीरको अवस्था बद्लियो उनी गम्भिर घाइते भइन्। तर शिशुलाई बचाउन उनले कुनै कसर बाँकी राखिनन्। सिम्पसनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै भनिन्, ‘अवस्था निकै भयानक भयो। मैले शिशुलाई बचाउन बाहेक केही सोच्नै सकिन। केही सेकेन्डमात्र ढिलो भएको भए बेग्लै परिणति निम्तने थियो।’

उनले असिना परेको अवस्थामा कहिल्यै कार नचलाउन समेत सबैमा आग्रह गरेकी छन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
संयमता अपनाउन आयोगको आग्रह
संयमता अपनाउन आयोगको आग्रह
राजुकाजी लाई प्रशिक्षकबाट हटाएको छैन: एन्फा प्रवक्ता किरण राई
राजुकाजी लाई प्रशिक्षकबाट हटाएको छैन: एन्फा प्रवक्ता किरण राई
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन
निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन
राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र भारतीय बिदेश मन्त्रीबीच शिष्टाचार भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?