विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा

सारांश

  • बीबीसी।
  • केही मानिस उनलाई ‘द लास्ट ब्वाई’ भन्छन् भने केही उनलाई ‘जिगोलो’ भन्छन्।
  • तर २० औं शताब्दीमा शायद धेरै मानिसले डोमिनिकनका पोर्फिरियो रुबिरोस चिन्दैन थिए।
बीबीसी। केही मानिस उनलाई ‘द लास्ट ब्वाई’ भन्छन् भने केही उनलाई ‘जिगोलो’ भन्छन्।
तर २० औं शताब्दीमा शायद धेरै मानिसले डोमिनिकनका पोर्फिरियो रुबिरोस चिन्दैन थिए। उनी एक राजनीतिज्ञ, पोलो प्लेयर, कार रेसर पायलट र जिगोलो पनि थिए।
उनलाई थाहा थियो १९४० र १९५० को दशकमा सरकारमा बसेका मानिससँग काँधमा काँध कसरी मिलाउनुपर्छ। उनी दर्जन महिलासँग प्रेम सम्बन्धमा थिए। उनले पाँच महिलासँग त विवाह नै गरे, ती मध्ये दुई करोडपछि थिए।
तर रमाइलो कुरा के छ भने कसरी एक मध्यम वर्गीय डोमिनिकन व्यक्ति विश्व राजनीतिको एक प्रमुख स्थानमा पुग्न सफल भए?
पोर्फिरियो रुबिरोसको जन्म १९०९मा डोमिनिकन गणराज्यमा भएको थियो। उनले आफ्नो जीवनको ५६ वर्ष विश्वका धेरै देशमा बिताए।
रुबिरोसको बायाग्राफी ‘द लास्ट प्ले ब्वाई ः द हाई लाइफ अफ पोर्फिरियो रुबिरोस’ का लेखक स्वान लेभी भन्छन्,–उनी विश्वका सबैभन्दा रमाइलो मानिस थिए।’
धनी र शक्तिशाली मानिसँग संगत गर्ने उनको विशेष कला नै थियो। विशेषगरी धनी महिलासँग सम्बन्ध बनाउन उनलाई निकै समय समय लाग्थ्यो।
उनको बाल्यकाल पेरिसमा बित्यो। पेरिसबाट फर्किएपछि उनी सेनामा भर्ती भए। यस क्रममा उनी डोमिनिकनका तत्कालीन राष्ट्रपति राफेल लियोनिडास तुरजिलोको नजरमा पर्न सफल भए। राष्ट्रपतिकी छोरी फ्लोर गोल्डसँग रुबिरोसले विवाह गरिन्।
लेभी भन्छन्,–तुरजिलो, रुबिरोस भित्र एक महत्वकाँक्षी व्यक्तित्व देख्थे। एउटा यस्तो व्यक्ति जोसँग भेट्दा पनि उसलाई आकर्षित गर्न सक्थयो।’
रुबिरोस आफ्नो चार्मको प्रयोग धनी व्यक्तिलाई आफूतर्फ आकर्षित गर्न  गर्थे। उनलाई एक सुन्दर प्रेमीका रुपमा पनि चिनिन्थ्यो। लेभी भन्छन्, –उनी हरेक प्रकारले सम्पन्न थिए, त्यही भएर धनी महिला उनको साथ रहन चाहन्थे।’
रुबिरोसले पाँच वटा विवाह गरेका थिए। त्यो मध्ये एक विवाह उनले अमेरिकी करोडपति महिला डारिस ड्यूकसँग गरेका थिए। ड्यूक एक सुर्ती कम्पनीकी मालिक थिइन्।
यी दुवैका साथी समेत रहेकी हेलेन रोकास भनेकी थिइन्, ‘ड्यूक खेलौनाकी सोखिन थिइन्, तर रुबी खेलौना थिएनन्।’
उनले बारबरा हटनसँग पनि विवाह गरेका थिए। जो न्युयोर्कको एक व्यापारी घरानाकी थिइन्।
संयोग नै मान्नुपर्छ, ड्यूक र हटन दुवै साथी थिए।  तर, समयसँगै उनीहरुको दोस्ती प्रतिश्पर्धामा परिणत भयो। हटनसँग रुबिरोसको विवाह दुई महिनासम्म मात्र टिक्यो, तर रुबिरोसले यो विवाहबाट ११ मिलियन डलर प्राप्त गरे। लेभी भन्छन्,–उनी जिगोलो थिए, उनी पैसासँग प्रेम बेच्ने गर्थे।’
रुबिरोस कुनै धनी परिवारका व्यक्ति थिएनन्। तर उनले आर्थिक रुपमा निकै शानदार जीवन बिताए।
रुबिरोसका विषयमा के पनि भनिन्छ भने उनी १९३०–१९६१ को बीचमा जतिबेला सेनामा काम गर्थे, त्यो क्रममा डोमिनिकनका राष्ट्रपति तुरजिलोका लागि जासूसी पनि गर्थे।जतिबेला रुबिरोस डोमिनिकनका राजदूत थिए, त्यो बेला बर्लिन, पेरिस, विंसी, ब्रुनो, एरिस, रेम, ब्रुसेल्स र हवानामा बसे।
लेभी भन्छन्,– उनी एक राजनीतिज्ञ थिए, मलाइ के लाग्छ भने राजनीतिक केही विषयमा जासुस नै हो। तर उन िजेम्स बाण्ड थिएनन्। उनीसँग जासुस हुने उपकरण पनि थिएनन्।’
१९४६ मा रुबिरोसमाथि आक्रमण पनि भयो। यो आक्रमण उनकी श्रीमती अभिनेत्री डेनियल डेरिक्समाथि गरिएको थियो। त्यो आक्रमणमा श्रीमतीलाई बचाउने क्रममा रुबिरोसमाथि तीन गोली लागेको थियो।
१९६५ मा ५६ वर्षको उमेरमा पोर्फिरियो रुबिरोसको एक दुर्घटनामा मृत्यु भयो। मदिरामा नशामा लठ्ठ रुबिरोसले चलाएको गाडी पेरिसको एक रुखमा ठोक्किएको थियो।कतिपयले त रुबिरोसको हत्या गरिएको पनि अरोप लगाउने गरेका छन्। 
लेखक भन्छन्,–केही मानिसलाई लाग्दो होला रुबिरोस जस्ता मानिस यो धर्तीमा हुनुहुँदैन। तर म उनको तारिफ गर्छु। उनी एक यस्ता व्यक्ति थिए जोसँग मानिसलाई खुशी बनाउने कला थियो। उनले आफ्नो जीवन शानसँग बिताए। केही सफल र धनी मानिसकाबीचमा उनले आफूलाई फिट गरे।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
पर्यटकको बाक्लो भिडले भरियो चितवन ।
पर्यटकको बाक्लो भिडले भरियो चितवन ।
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी

तपाईंले छुटाउनुभयो कि?