सन्दीपले दुई विकेट लिएको खेल रद्द

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सन्दीपले दुई विकेट लिएको खेल रद्द

सारांश

  • काठमाडौं ।
  • युएईमा जारी टी टेन क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किंग्स र राजपुतबीचको खेल रद्द भएको छ ।
  • सारजाहमा जारी खेल वर्षाले बिथोलिएपछि रद्द भएको हो ।

काठमाडौं । युएईमा जारी टी टेन क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किंग्स र राजपुतबीचको खेल रद्द भएको छ ।

सारजाहमा जारी खेल वर्षाले बिथोलिएपछि रद्द भएको हो । खेल बर्षाले रोकिएसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।

बर्षाले खेल रोकिनु अघि टस हारेर पहिले ब्याटिङ गरिरहेको राजपुतले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको थियो । राजपुतका जोन इभान्स ३८ रनमा अविजित थिए ।

वर्षाले खेल रद्द भए पनि नेपाली लेग स्पिनर सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । राजपुतविरुद्ध सन्दीपले २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।

सन्दीपले आफ्नो पहिलो ओभर र दोस्रो ओभरमा एक एक विकेट लिए । सन्दीपले पहिलो ओभरमा मोहम्मद शेहजादलाई १ रनमा आउट गरे ।  यस्तै सन्दीपले आफ्नो दोस्रो ओभरमा कार्लोस ब्रेथवेटलाई १ रन नै पेभेलियन फर्काए ।

योसंगै सन्दीपले ३ खेलबाट ६ विकेट लिन सफल भएका छन् । यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध  २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए ।

यो खेलपछि साविकको बिजेता समेत रहेको केरला ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । ३ अंक नै जोडेको राजपुत दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?