शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी तहमा १० हजार पदका लागि विज्ञापन

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी  तहमा १० हजार पदका लागि विज्ञापन

सारांश

  • काठमाडौं,  १२ जेठ ।
  • शिक्षक सेवा आयोगले एक साताभित्र खुला प्रतिष्पर्धाका लागि शिक्षक विज्ञापन खोल्ने तयारी गरेको छ ।
  • आयोगका अध्यक्ष ताना गौतमका अनुसार “आन्तरिक गृहकार्य भइरहेको छ, बढीमा एक सातामा विज्ञापन खुल्छ ।

काठमाडौं,  १२ जेठ । शिक्षक सेवा आयोगले एक साताभित्र खुला प्रतिष्पर्धाका लागि शिक्षक विज्ञापन खोल्ने तयारी गरेको छ ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार “आन्तरिक गृहकार्य भइरहेको छ, बढीमा एक सातामा विज्ञापन खुल्छ ।” “शिक्षा विभागबाट सम्पूर्ण दरबन्दी प्राप्त भइसकेको छ” उनले भने, “आन्तरिक काम सकिएपछि विज्ञापन हुन्छ ।”

जसमा सबैभन्दा बढी प्रावी तहमा हुनेछ । गौतमका अनुसार झण्डै १० हजार पदका लागि प्रावी तहमा विज्ञापन हुन्छ । शिक्षा ऐनको नवौं संशोधन अनुसार आन्तरिकमा ७५ प्रतिशत र खुलामा २५ प्रतिशतको व्यवस्था थियो । सोही अनुसार आयोगले अस्थायी शिक्षक विज्ञापनमा आवेदन माग गरेको थियो । तर सम्पूर्ण ७५ प्रतिशतमा आवेदन परेको थिएन ।

तत्कालिन समयमा ७५ प्रतिशत अन्तर्गत सबै तहमा आवेदन नपरेर बाँकी रहेका करीब २७ सय पद खुला विज्ञापनमा आउँनेछन् । त्यस्तै, २०७२ असोज ३ गतेदेखि यता २०७४ साल फागुनसम्मका सबै दरबन्दीलाई समेटेर खुला विज्ञापन गर्ने तयारी आयोगले गरिरहेको छ ।
आयोगले यस अगाडि नै परीक्षाको पाठ्यक्रम प्रकाशित गरिसकेको छ । पाठ्यक्रम प्रकाशित भएको तीन महिनामा परीक्षा भइसक्नुपर्छ ।

अध्यक्ष गौतमका अनुसार सबै काम सक्न एक साताको समय लाग्न सक्छ । अहिले यकिन मिति तोक्न नसकिए पनि छिटोभन्दा छिटो विज्ञापन गर्ने तयारीमा आयोग रहेको उनले जानकारी दिए ।

उपलब्ध दरबन्दीलाई ७ वटा आरक्षणमा विभाजन गर्ने काम भइरहेको छ । आयोगले यो काम सकिएपछि विज्ञापन आह्वान गर्ने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hritu Thapa

    Khoi k ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?