श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
१
|
४६ पटक हेरिएको
Shares
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति

सारांश

  • काठमाडौं : शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।
  • ८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए।
  • फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो।

काठमाडौं : शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।

८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए। फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो।

मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे। धुप, बत्ती बालेर       श्रीयन्त्रमा ध्वजा बाँधे। भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे। यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए।

यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मि श्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए। बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको थियो। तामा र पित्तलबाट निर्मित पाताको मध्यमा श्री लेखिएको यन्त्रलाई शिवको तेस्रो आँखा मानिन्छ। पशुपतिनाथ मन्दिरमा पनि ‘सत्यम्-शिवम्’ का रूपमा श्रीयन्त्र राखिएको छ।

कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन्। सत्य, न्याय र शान्तिको प्रतीकका रूपमा न्याय क्षेत्रमा यसको महिमा छ। होम र पूजा सकेर सर्वोच्च परिसरभित्रै श्रीयन्त्रको रथजात्रा गरियो। त्यसपछि ज्योतिषीले जुराएको साढे ४ बजेको साइतमा सर्वोच्चको भवनमा अगाडिको आँखीझ्यालको टुप्पोमा श्रीयन्त्र पुनःस्थापित गरियो। तिलक लगाउँदै पञ्चामृत र खिर-रोटी प्रसाद वितरण गरी पूजाआराधना अन्त्य गरियो।

श्रीयन्त्रको इतिहासबारे खोज अनुसन्धान गरेका पूर्वन्यायाधीश प्रकाश वस्तीका अनुसार हनुमानढोका परिसरमा रहेका मल्लकालीन कोटीलिंग र इँटाचपली अदालतमा यो यन्त्र थियो। २००८ सालमा प्रधानन्यायालय स्थापनापछि पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले हनुमानढोकाबाट यन्त्र ल्याएर रानीपोखरीस्थित कार्यालयमा राखेका थिए। ‘राजा त्रिभुवन तन्त्रशास्त्रमा विश्वास गर्ने भएकाले श्रीयन्त्रबारे जानकार थिए। त्रिभुवनलाई मनाएर प्रधानले प्रधानन्यायालयमा ल्याएको भनाइ छ’, सर्वोच्चका पूर्वन्यायाधीश वस्तीले भने, ‘त्यतिबेला कालो बोको काटेर यन्त्रको प्राणप्रतिष्ठा गरेको इतिहास पाइन्छ।’ प्रधानले शिर झुकाएर यो यन्त्र ढोगेपछि मात्र सर्वोच्चभित्र पस्ने गरेको पनि उनले सुनाए।

रानीपोखरीबाट सर्वोच्च अदालत रामशाह पथमा सरेपछि यो यन्त्र २०१९ सालमा यहीँ ल्याएर राखियो। ०३८ सालमा यन्त्र सर्वोच्चबाट झिकियो। त्यतिबेला नयनबहादुर खत्री प्रधानन्यायाधीश थिए। लामो समयदेखि अलपत्र यन्त्रको ३६ वर्षपछि पुनःस्थापना गरिएको हो। ‘सर्वोच्चको मर्मतसम्भार गर्ने बेला झ्यालढोका निकाल्दा यन्त्र त्यतिबेला झिकियो। त्यसपछि राखिएन’, वस्तीले भने, ‘अहिलेसम्म थन्क्याएर राखियो। यन्त्र झिकेदेखि नै न्यायालयमा विकृति-विसंगति भएको छ।’ उनका अनुसार यन्त्रलाई साक्षी राखेपछि अनैतिक काम नगर्ने, घुस नखाने, अन्याय नगर्ने र विवेक राखेर न्याय गर्ने विश्वास रहने मान्यता न्यायालयमा थियो।

घुस खाए यन्त्रका भैरवरूपी शिवले भष्म पार्ने, सन्तान दरसन्तान नाश गर्ने विश्वास रहेको जानकारी वस्तीले गराए। तन्त्रमन्त्रद्वारा स्थापित यन्त्रमा अन्तरदृष्टि रहेको मानिने उनले बताए। ‘अन्याय गरे नष्ट गर भनेर यसमा प्रतिकात्मक रूपमा आह्वान गरिएको छ। पुनःस्थापित हुनु राम्रो हो तर अहिले घुस खाए भष्म हुन्छु भनेर कतिले विश्वास गन्र्छन् ? ’, उनको प्रश्न छ, ‘न्यायको मर्यादा रहेन भने ढोङ मात्र हुन्छ। यन्त्रलाई ढोङमा परिणत नगरौं मेरो आग्रह छ।’ श्रीयन्त्रको चारैतिर तान्त्रिक रूपमा अंकहरू समायोजन गरिएको चक्र छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
विद्युत खपत नहुँदा दैनिक २ सय मेगावाटसम्म खेर
विद्युत खपत नहुँदा दैनिक २ सय मेगावाटसम्म खेर
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
China lowers prices of 14 cancer drugs
China lowers prices of 14 cancer drugs
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद

तपाईंले छुटाउनुभयो कि?