अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १०, २०८०
|
|
३८ पटक हेरिएको
Shares
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा

सारांश

  • काठमाडौं।
  • अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन्।
  • मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समूह बी बाट पहिलो र दोस्रो हुँदै नकआउट राउण्डमा पुगेका हुन्।

काठमाडौं। अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन्। मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समूह बी बाट पहिलो र दोस्रो हुँदै नकआउट राउण्डमा पुगेका हुन्।

यो खेलपछि अस्ट्रेलियाको ३ खेलमा ७ अंक भएको छ र भने उज्बेकिस्तानको ३ खेलमा ५ अंक रहेको छ।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा सिरियाले भारतलाई १-० गोल अन्तरले पराजित गरेर समूहमा ३ खेलमा ४ अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ। साथै सिरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ।

समूहमा तेस्रो स्थानमा रहेका शिर्ष चार देशले नकआउट चरणमा प्रवेश पाउने हुनाले समूह चरणका खेलपछि यसको टुंगो लाग्ने छ।

त्यस्तै यस समूहमा रहेको भारतले भने आफ्ना तिनै खेलमा हार बेहोरेर समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?