देउवाले किन देख्छन् सरकारलाई अधिनायकवादी?

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ८, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ८ असाेज।
  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका हरेक गतिविधिलाई अधिकायवादीका रुपमा चित्रण गर्छ।
  • चुनाव अघि कम्युनिष्टले जिते रुन पनि पाइँदैन भनेर चुनावी एजेण्डा बनाएको कांग्रेसले चुनावपछि पनि सरकारको कामकारवाहीलाई अधिनायकवादी भन्न छोडेको छैन।

काठमाडौं, ८ असाेज। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका हरेक गतिविधिलाई अधिकायवादीका रुपमा चित्रण गर्छ। चुनाव अघि कम्युनिष्टले जिते रुन पनि पाइँदैन भनेर चुनावी एजेण्डा बनाएको कांग्रेसले चुनावपछि पनि सरकारको कामकारवाहीलाई अधिनायकवादी भन्न छोडेको छैन। सोमबार पनि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको अधिनायवाद उम्मुख शैलीलाई असफल बनाउन आफ्ना कार्यकर्तालाई निर्देशन नै दिए।

उनले मुलुकबाट सबै प्रकारका अधिनायकवाद हटाउन कांग्रेस बलियो बन्नुको विकल्प नरहेकोसमेत भन्न भ्याए। तर उनले व्यवहारमा भने पार्टीलाई बलियो बनाउने कुनै योजना सार्वजनिक गर्न सकेका छैनन्।  वाक पटुता खासै नभएका देउवाले सार्वजनिक रुपमा गर्ने भाषणमा सरकारको मात्रै विरोध गर्छन्। उनले सरकारको विरोध गर्दा कुनै तथ्यलाई आधार मानेकोसमेत देखिँदैन।
प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सबैले सफल भन्दा सभापति देउवाले भने सरकार भारतसँग लम्पसार परेको आरोप लगाए।

यसरी बारम्बार सरकारको विरोध गर्नुका पछाडिको कारण भने पार्टीभित्र आफ्ना विरोधीको ध्यान अन्यत्र मोड्नु रहेको बताइन्छ। यतिबेला देउवा पार्टीभित्र निकै अलोकप्रिय छन्। निर्वाचनमा व्यहोरोको पराजय, पार्टीभित्र आफ्नो गुटलाई मात्र साथ लिएको लगायतका देउवामाथि धेरै आरोप लाग्ने गरेका छन्। अझ पछिल्लो समयमा पार्टीभित्र सभापति देउवाकी पत्नी आरजू देउवा हावी भएपछि कांग्रेसका निष्ठावान कार्यकर्तासमेत विरक्तिन थालेका छन्। आफ्नो पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसकेपछि यतिबेला देउवा सरकारका काम कारवाहीप्रीत बढी आक्रामक हुन थालेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?