सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ७, २०७७
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • डडेल्धुरा, ७ असोजः सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ ।
  • प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
  • धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ ।

डडेल्धुरा, ७ असोजः सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ ।

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप
सुपर ओभरबाट बन्यो इंगल्याण्ड विश्व विजेता
सुपर ओभरबाट बन्यो इंगल्याण्ड विश्व विजेता
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?