अध्यक्षद्वय ओली र दाहालबीच एक्लाएक्लै वार्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच आज एक्लाएक्लै वार्ता भएको छ ।
  • दुई अध्यक्षबीचको एक्लाएक्लै वार्ताले बुधवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको छ ।

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच आज एक्लाएक्लै वार्ता भएको छ । दुई अध्यक्षबीचको एक्लाएक्लै वार्ताले बुधवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको छ ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको दुई नेताबीचको वार्ताले बुधबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको हो । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच मंगलबार भएको वार्ताको विषय भने जानकारी गराइएको छैन ।

पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक राखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । नेताहरुका अनुसार बुधबारको बैठकले वैचारिक र सांगठनिक कार्यदल निर्माण गर्नेछ ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट ओलीसहित वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल छन् । उता माओवादी केन्द्रका तर्फबाट प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !
सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’
जब प्रधानमन्त्री ओलीले केक खुवाए…
जब प्रधानमन्त्री ओलीले केक खुवाए…
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
प्रदेश राजधानी हेटौडाबाट नसार्न चेतावनी
प्रदेश राजधानी हेटौडाबाट नसार्न चेतावनी
तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै
तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !

तपाईंले छुटाउनुभयो कि?