आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १५, २०८०
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।
  • साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ करोडको कोकिनसहित दुई महिला पक्राउ
१७ करोडको कोकिनसहित दुई महिला पक्राउ
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

तपाईंले छुटाउनुभयो कि?