‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ७, २०७९
|
|
५६ पटक हेरिएको
Shares
‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’

सारांश

  • काठमाडौँ ।
  • सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र अनलाइनबाट हिंसा वृद्धि हुँदै गएको भए पनि हिंसा न्यूनीकरणका लागि विद्युतीय साक्षरता र पर्याप्त कानुनको अभाव देखिएको छ ।
  • नेपालस्थित संयुक्त राष्ट्रसङ्घको आवासीय संयोकजकको कार्यालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालसँग मिलेर आज आयोजना गरेको ‘नेपालमा डिजिटल हिंसा, घृणायुक्त भाषण ः न्यूनीकरणका प्रयास’ विषयक गोष्ठीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विद्युतीय साक्षरताको अभावमा ठगी, चोरी र हिंसाका घटना बढेको बताए ।

काठमाडौँ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र अनलाइनबाट हिंसा वृद्धि हुँदै गएको भए पनि हिंसा न्यूनीकरणका लागि विद्युतीय साक्षरता र पर्याप्त कानुनको अभाव देखिएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको आवासीय संयोकजकको कार्यालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालसँग मिलेर आज आयोजना गरेको ‘नेपालमा डिजिटल हिंसा, घृणायुक्त भाषण ः न्यूनीकरणका प्रयास’ विषयक गोष्ठीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विद्युतीय साक्षरताको अभावमा ठगी, चोरी र हिंसाका घटना बढेको बताए ।

“विद्युतीय साक्षरताको अभावमा सामाजिक सञ्जालमा विभिन्न खालका द्वेषपूर्ण अभिव्यक्ति आउने गरेको छ”, –उनले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्ता खालका सबै गतिविधि नियमन गर्नका लागि सञ्चार विधेयक ल्याउने अन्तिम तयारी गरेको छ ।”

निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले द्वेषपूर्ण अभिव्यक्ति र क्रियाकलाप रोक्नका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगले द्वेषपूर्ण अभिव्यक्ति न्यूनीकरण गर्न सफल भएको सुनाए ।

नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले विद्युतीय माध्यमबाट धेरै प्रकारका हिंसा हुने गरेको तर पर्याप्त कानुन नहुँदा पीडितले न्याय पाउन कठिनाइ भएको बताए । अधिवक्ता आशाङ्कन मल्लले नेपालमा साक्षरता दरभन्दा बढीले सामाजिक सञ्जालको प्रयोग गर्दा धेरै हिंसा हुने गरेको र जिल्ला अदालतमा काठमाडौँमा मात्र मुद्दा चलाउन मिल्ने कानुनी व्यवस्था भएकाले कठिनाइ भएको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङअनुसार नेपालमा केवलबाट इन्टरनेट चलाउनेको सङ्ख्या एक करोड तीन लाख ३९ हजार दुई सय २९ रहेको छ । मोबाइल प्रयोगकर्तामध्ये ९४.२५ प्रतिशतले मोबाइलबाट इन्टरनेट चलाउँछन् तर राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार नेपालमा साक्षरता दर ६५.९ प्रतिशत मात्र रहेको छ । यसले गर्दा आमनागरिकले सही र गलत सूचना छुट्ट्याउन सकेका छैनन् । त्यसअनुसार विद्युतीय साक्षरता कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !
किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतरा :-कमल थापा
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
नाट्य रूपान्तरणमा ‘शून्य डिग्री’ सार्वजनिक
नाट्य रूपान्तरणमा ‘शून्य डिग्री’ सार्वजनिक
अबदेखि खैनी–चुरोट बोकेर मन्त्रालय  मन्त्रालय जान नपाइने

तपाईंले छुटाउनुभयो कि?