नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव

सारांश

  • काठमाडौ, २३ वैशाख ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विदेशी सेनामा नेपाली युवाहरुलाई भर्ती हुनबाट रोक्ने प्रस्ताव गरेका छन् ।
  • ती दुई पार्टीका तर्फबाट तयार गरिएको सुशासन र आर्थिक समृद्धिका लागि बामगठबन्धनको कार्ययोजनामा नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती हुन रोक्ने प्रस्ताव गरिएको हो ।

काठमाडौ, २३ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विदेशी सेनामा नेपाली युवाहरुलाई भर्ती हुनबाट रोक्ने प्रस्ताव गरेका छन् ।

ती दुई पार्टीका तर्फबाट तयार गरिएको सुशासन र आर्थिक समृद्धिका लागि बामगठबन्धनको कार्ययोजनामा नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती हुन रोक्ने प्रस्ताव गरिएको हो ।
एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित सो कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती गराउने सन्धी तथा सम्झौता खारेज गर्न परराष्ट मन्त्रालयले पहल गर्ने उल्लेख छ ।

नेपाली नागरिकहरुलाई विदेशी सेनामा भर्ना हुने कार्यलाई बन्द गर्ने, नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ती हुन नपाउने व्यवस्था गर्ने र नेपाली नागरिक विदेशी सेनामा भर्ना हुने पहिलेका सन्धी सम्झौता कुटनीतिक माध्यमबाट खारेज गर्ने नेता गौतमले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

भारतीय गोरखा सैनिक,आसाम राइफल्स, वेलायती सेना र सिंगापुर प्रहरीमा गरी करीव ४४ हजार नेपाली कार्यरत छन् ।

भारतीय सेनामा सात भारतीय गोरखा रेजिमेन्टस, ४० बटालियन र आसाम राइफल्स समेत गरी करीव ४० हजार नेपाली कार्यरत छन् । ती मध्ये ७० प्रतिशत नेपाली नागरिक रहेका छन् । सन १९४७ मा भएको भारत,नेपाल र वेलायत वीचको त्रिपक्षीय सम्झौता अनुसार वेलायतले भारतलाई चार गोरखा रेजिमेन्टस हस्तान्तरण गरेको थियो । करीव ८० हजार भारतीय पूर्व गोरखा सैनिक, १७ हजार आसाम राइफल्सका जवान र ११ हजार एकल महिलाले बार्षिक रुपमा करीव १२ अर्व भारतीय रुपैया पेन्सनका रुपमा प्राप्त गर्दै आएका छन् ।

करीव तीन हजार ६ सय नेपाली ब्रिटिश सेनामा र चार सय जना सिंगापुर प्रहरी बलमा कार्यरत छन् । वेलायती सेनाले आफनो संख्या घटाउने क्रममा नेपालीहरु पनि कटौतीमा पर्दै आएका छन् ।
नेपाल असंलग्न परराष्ट आन्दोलनको सदस्य हुनुको नाताले पनि नेपालीलाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने व्यवस्था गर्नु पर्ने बाम नेताहरुले बताउने गरेका छन ।

यसअघि संसदका समितिले पनि नेपालीलाई विदेशी सेनामा भर्ती हुनबाट रोक्नु पर्ने प्रस्ताव पारित गरेका थिए । सर्वोच्च अदालतले आठ बर्ष अघि सिंगापुर प्रहरीमा नेपालीलाई भर्ती गराउनु गैरकानुनी भएको ठहर गरेको थियो तर अदालतको त्यो आदेश पनि पालना भएको छैन ।

मिति : २०७५/०१/२३
प्रेस वक्तव्य

केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकतासम्बन्धी सवालमा नयाँ शक्ति पार्टी, नेपालसँग जोडिएका विषय, जिज्ञासा र अस्पष्टताबारे पार्टीको यही वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा भएको निर्णयबमोजिम निम्न बिषयमा प्रष्ट पार्न चाहन्छौं–

१: नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन । यसबारे कसैले कुनै आशंका गरिरहन आवश्यक नभएको प्रष्ट पार्दछौं ।

२: राजनीति एक गतिशील प्रक्रिया हो । राजनीतिक दल र नेतृत्वबीच भेटघाट र छलफल हुनु स्वभाविक कुरा नै हो । यसबीच नयाँ शक्ति पार्टीकै पहलकदमीमा विभिन्न पक्षहरुसँग छलफल र भेटघाट भएको हो । तर त्यसको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु थियो ।

३: दलहरुको संख्या धेरै भएर लोकतन्त्र बलियो हुने हैन । निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ । यस अर्थमा नयाँ शक्ति पार्टी, नेपाल सबै पक्षहरुसँग राजनीतिक संवादका लागि तयार छ । तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त हो । तथाकथित पुँजीवादी वा साम्यवादी आवरणमा यो उद्देश्य परिपुर्ति नहुने यथार्थबारे नयाँ शक्ति पार्टी उत्तिकै प्रष्ट छ ।

४: मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।

डम्बर खतिवडा (प्रवक्ता )

प्रशान्त सिंह ( प्रवक्ता)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
प्रतिनिधिसभामा एमालेको पुनः अवरोध
प्रतिनिधिसभामा एमालेको पुनः अवरोध
सुन सहित दुई युवक पक्राउ
सुन सहित दुई युवक पक्राउ
‘नयाँ नेपाल’ चिया पसल !
‘नयाँ नेपाल’ चिया पसल !
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

तपाईंले छुटाउनुभयो कि?