उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३९ पटक हेरिएको
Shares
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान

सारांश

  • टोकियो, १२ भदौ ।
  • उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ ।
  • जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् ।

टोकियो, १२ भदौ । उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीहरुले यस विषयलाई छलफलमा ल्याएका हुन् । त्यसैगरी चीनको बढ्दो सैन्य सङ्ख्यालाई पनि सो सुरक्षा समीक्षाको विषयवस्तु बनाइएको छ । यसअघि गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको आणविक कार्यक्रम उत्कर्षमा पुगेको समयमा गरिएको थियो । त्यसपछिको वार्षिक सुरक्षा बैठक मङ्गलबार शुरु भएको हो ।

तर गत वर्षको यस्तो बैठकका समयमा पनि उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रुपमा लिइएको थियो । त्यसपछि उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुन महिनामा सिंगापुरमा भेट भएपछि उत्तर कोरियाले आणविक उत्पादनको काम नगर्ने बताएको थियो । त्यसपछि उत्तर कोरिया अब आणविक खतरा नरहेको अमेरिकाले बताएको थियो । तर पनि जापानले भने त्यसप्रति ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरेको हो । उत्तर कोरियाको आणविक कार्यक्रम र उसको क्षेप्यास्त्र कार्यक्रमहरुका बारेमा जापानले विगतदेखि उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नआएको जानकारी जापानमा मङ्गलबार शुरु भएको सो सुरक्षा बैठकमा बताइएको छ । जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्ने बारेमा अझै पनि ढुक्क हुनसक्ने अवस्था नआएको सो बैठकमा बताएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
Pin Up 306 casino giriş qeydiyyat, bonuslar, yukle Бухгалтерские услуги в Моск LEONG JIN SPECIAL STEEL THAILAND CO ,LT
कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?
१४ सय सर्पबाट बचेका यी युवक
१४ सय सर्पबाट बचेका यी युवक
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे

तपाईंले छुटाउनुभयो कि?