यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी

सारांश

  • काठमाडाै, २६ साउन ।
  • चिकित्सा शिक्षा सुधारका लागि १५ पटकसम्म अनशन बसेका डा.
  • गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार प्रत्यक्ष भेटवार्ता गर्दै छन्।

काठमाडाै, २६ साउन । चिकित्सा शिक्षा सुधारका लागि १५ पटकसम्म अनशन बसेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार प्रत्यक्ष भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री निवास बालुटारमा  केसी र प्रधानमन्त्री ओलीबीच प्रत्यक्ष भेटवार्ता हुने भएको हो।

आफ्ना प्रतिनिधिमार्फत् राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा सहमति गरेका डा. केसीले त्यसयता पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफै कुरा गर्न लागेका हुन्। अनशन बस्दा डा. केसी बोल्न नसक्ने भएका कारण डा. अभिषेकराज सिंह नेतृत्वको टोलीले सरकारसँग वार्ता गरी सहमति जुटाएको थियो। अहिले डा. केसीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले सीधै प्रधानमन्त्रीसँग कुरा गर्न लागेका डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

चिकित्सा शिक्षा विधेयकका विषयमा भएका सहमति कार्यान्वयनका लागि डा. केसीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने उनले बताए। यसबीच डा. केसीले सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरे १६ औं पटक सत्याग्रह थाल्ने चेतावनी दिइसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशविरुद्ध वर्तमान सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेपछि डा. केसीले जुम्लाबाट १५ औं अनशन बसेका थिए।

अनशनको २७ औं दिनमा डा. केसीको मागअनुसार विधेयक संशोधन गर्न सरकार सहमत भएको थियो। काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउनेलगायत सहमति भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली र डा. केसीबीच भेटघाट हुन लागेको जानकारी दिँदै यो त्यति ठूलो भेटवार्ता नभएको बताए। उनले भने, ‘यस्ता भेटघाट त भइरहन्छन् नि।’

प्रधानमन्त्रीसँग भेटवार्ता गर्न डा. केसीसहित उनको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंह लगायत बालुवाटार जाने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
महिनावारी हुँदा अत्याधिक पेट दुख्छ भने अपनाउनुस् यी उपायहरु
महिनावारी हुँदा अत्याधिक पेट दुख्छ भने अपनाउनुस् यी उपायहरु
मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी
मुलढोकाको ताल्चा फुटाई महादेव मन्दिरमा चोरी
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले  सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
प्रचण्डलाई प्रधानमन्त्री बन्न किन हतारो
प्रचण्डलाई प्रधानमन्त्री बन्न किन हतारो

तपाईंले छुटाउनुभयो कि?