प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला

सारांश

  • महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ।
  • प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गर्नुभयो ।
  • उहाँले भन्नुभयो, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’’

नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उहाँले बताउनुभयो ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भन्नुभयो,‘‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौंँ, अस्पतालको श्यया थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’’

अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को टिकट काट्नुपर्छ । औषधि तथा भर्ना हुने बिरामीका लागि खानाका शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ । तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ श्यया, महिला पु्रुषका लागि १०÷१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार श्यया छुट्याइएको छ ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्नुपर्ने प्रयास अघि बढाउनुभएको थियो । सोहीअनुरुप विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो ।

उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन् । अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् । सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ । अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङे सहित पूर्वमन्त्री समेत नेकपामा प्रवेश गर्दै
दीपक मनाङे सहित पूर्वमन्त्री समेत नेकपामा प्रवेश गर्दै
सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन (फोटोफिचर)
सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन (फोटोफिचर)
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
15 Beauty Tips of Asian Women
15 Beauty Tips of Asian Women
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन

तपाईंले छुटाउनुभयो कि?