प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
५९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गरेका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनल आयोगहरूको गठन धेरै ठूलो सङ्घर्ष र बहसपश्चात् भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, “समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरूले प्रभावकारीरूपमा काम गर्न सक्छन् ।”

आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठवटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूका लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रमबमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रमबमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा थियो ।

भेटवार्तामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कावा अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
पतंजली सुरशाला आइडल जुनियरका बिजेता कोको भए ?
पतंजली सुरशाला आइडल जुनियरका बिजेता कोको भए ?
1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली

तपाईंले छुटाउनुभयो कि?