नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ८, २०८०
|
|
५६ पटक हेरिएको
Shares
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
  • निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ । नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरी स्थायी वतन भएका रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार जैसवालसमेत भएको नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी निजले नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ ।

जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाई अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
सुनको मुल्यले सबै रेकर्ड तोड्यो
सुनको मुल्यले सबै रेकर्ड तोड्यो
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई
आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई

तपाईंले छुटाउनुभयो कि?