कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सारांश

  • सप्तरी, १ माघ : हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ ।
  • आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।
  • उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागेको स्थानीय राजकुमार विश्वासले बताउनुभयो ।

सप्तरी, १ माघ : हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ ।

आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागेको स्थानीय राजकुमार विश्वासले बताउनुभयो ।
नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कंकालनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको बताइएको छ ।

त्यस्तै सिरहा जिल्लाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इञ्जिनियर अरुणकुमार यादवले बताउनुभयो ।

अहिले कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
दरवारमार्ग बलात्कार काण्ड:  अाठ महिनापछि अाराेपिले गरे आत्मसमर्पण !
दरवारमार्ग बलात्कार काण्ड: अाठ महिनापछि अाराेपिले गरे आत्मसमर्पण !
हातहतियार सहित ६ जना पक्राउ
हातहतियार सहित ६ जना पक्राउ
यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा
यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा
धुर्मुस-सुन्तली सद्भावना दूतमा नियुक्त
धुर्मुस-सुन्तली सद्भावना दूतमा नियुक्त
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी

तपाईंले छुटाउनुभयो कि?