मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार

सारांश

  • काठमाडौं, ३० असार ।
  • प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी नेता कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
  • प्राडा गोविन्द केसीको जीवन रक्षाको मागसहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं, ३० असार । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी नेता कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्राडा गोविन्द केसीको जीवन रक्षाको मागसहित बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनशनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय निर्णयहरुलाई स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु भन्दै त्यसविरुद्ध मानव अधिकार तथा शान्ति समाजले धर्ना÷प्रदर्शन प्रारम्भ गरेको हो । पहिलो दिनको प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २५ जना गिरफ्तार भएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Min Bahadur Saud

    सरकार अार्थिक समृद्धि को सपनालाई साकार पार्नका लागि ऐन नियम बनाउदै छ। अार्थिक समृद्धि हुन नदिन केसि जस्ता मानिसहरु र उहालाई सह्ययोग गर्नेहरुलाई कडा सजाय गर्नै पर्छ। दुईतिहाई बहुमत भएको सरकारले गरेका नियम नमान्नेहरुलाई सरकारले तह लगाउनै पर्छ।

    Comment Author

    Gyanu Khawash

    Dalare dalalharulai aajiban jelma sadaunu prxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?