बिपी राजमार्ग खुलाउन तीव्र प्रयास: असोज १३ गते अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, आश्विन १२, २०८३
|
|
१ पटक हेरिएको
Shares
बिपी राजमार्ग खुलाउन तीव्र प्रयास: असोज १३ गते अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना

सारांश

  • चार दिनदेखिको निरन्तर वर्षापछि आएको  पहिरो र रोशी खोलाको कटानका कारण अवरुद्ध बनेको पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानीसँग जोड्ने बिपी राजमार्ग खुलाउन तीव्र प्रयास भइरहेको छ।
  • राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा खसेको पहिरो हटाई सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरू निरन्तर जुटिरहेका छन्।
  • भक्तपुरस्थित डिभिजन सडक कार्यालयको प्राविधिक टोली सोमबार बिहानैदेखि उपकरणसहित सडकको अवरोध हटाउन खटिएको छ।

चार दिनदेखिको निरन्तर वर्षापछि आएको  पहिरो र रोशी खोलाको कटानका कारण अवरुद्ध बनेको पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानीसँग जोड्ने बिपी राजमार्ग खुलाउन तीव्र प्रयास भइरहेको छ। राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा खसेको पहिरो हटाई सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरू निरन्तर जुटिरहेका छन्।

भक्तपुरस्थित डिभिजन सडक कार्यालयको प्राविधिक टोली सोमबार बिहानैदेखि उपकरणसहित सडकको अवरोध हटाउन खटिएको छ। मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नसम्ममा रोकिएका सवारी साधनहरू सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभएको छ।

अविरल वर्षाका कारण बिपी राजमार्गमा हरेक वर्ष दोहोरिने बाढी, पहिरो र नदी कटानको जोखिम पुनः दोहोरिएको छ। विसं २०८१ असोज दोस्रो साता रोशी खोलामा आएको भीषण बाढीले काभ्रे खण्डमा व्यापक क्षति पुर्‍याएपछि हाल यो सडक खण्ड स्थायी पुनर्निर्माणको चरणमा रहेको छ। क्षति भएका स्थानमा तत्कालका लागि निर्मित अस्थायी डाइभर्सनहरू वर्षाले कटान गर्दा यातायात अवरुद्ध बनेको हो।

जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्मित यो राजमार्ग राजधानीलाई तराई र पूर्वी पहाडी जिल्लाहरूसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग हो। लामो समय सडक बन्द हुँदा हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या पर्न थालेको छ।

राजमार्ग ठप्प हुँदा सर्वसाधारणको दैनिक जनजीवन, व्यापार–व्यवसाय तथा स्थानीय बस्तीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्राविधिक टोलीले डाइभर्सन मर्मत र पहिरो पन्छाउने कामलाई प्राथमिकताका साथ अघि बढाएकाले छिट्टै यातायात सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?