बाँकेमा वर्षा र हावाहुरीको ताण्डव: पाक्न लागेको धानबाली सोत्तर, किसान चिन्तित

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, आश्विन ११, २०८३
|
|
१ पटक हेरिएको
Shares
बाँकेमा वर्षा र हावाहुरीको ताण्डव: पाक्न लागेको धानबाली सोत्तर, किसान चिन्तित

सारांश

  • लगातारको वर्षासँगै आएको तीव्र हावाहुरीका कारण नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रमा पाक्न लागेको धानबालीमा गम्भीर असर परेको छ।
  • शनिबार आएको हुरीले धानका बोट ढालेपछि वर्षभरिको मुख्य खेती जोगाउन प्रयासरत बाँकेका किसानहरू यतिबेला निकै चिन्तित बनेका छन्।
  • विशेष गरी नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदु र डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा हुरीले व्यापक क्षति पुर्‍याएको छ।
लगातारको वर्षासँगै आएको तीव्र हावाहुरीका कारण नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रमा पाक्न लागेको धानबालीमा गम्भीर असर परेको छ। शनिबार आएको हुरीले धानका बोट ढालेपछि वर्षभरिको मुख्य खेती जोगाउन प्रयासरत बाँकेका किसानहरू यतिबेला निकै चिन्तित बनेका छन्।
विशेष गरी नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदु र डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा हुरीले व्यापक क्षति पुर्‍याएको छ। हावाहुरीका कारण अधिकांश खेतमा पाक्न लागेका धानका बोटहरू पूर्ण रूपमा भुइँमा ढलेका छन्। भित्र्याउने बेला भएको बाली नष्ट भएपछि किसानहरूलाई आगामी दिनमा खाद्य सङ्कट र आर्थिक समस्या झेल्नुपर्ने चिन्ताले सताएको छ।
बाँके जिल्लाभर कुल ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। प्राकृतिक विपत्तिका कारण किसानको मेहनत र लगानी जोखिममा परेको छ। पाक्ने समयमा धान ढल्दा उत्पादन घट्ने र दाना कुहिने सम्भावना बढेकाले यसले समग्र जिल्लाकै कृषि उत्पादनमा प्रतिकूल असर पार्ने देखिन्छ।
हुरीले पुर्‍याएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिनुभएको छ। क्षति मूल्याङ्कनको प्रक्रिया तीव्र पारिएकाले पूर्ण विवरण प्राप्त हुन केही समय लाग्ने उहाँको भनाइ छ।
जिल्लाका विभिन्न स्थानमा पुगेको क्षतिको निष्पक्ष अनुगमन गरी पीडित किसानहरूलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन स्थानीय प्रशासन र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। कृषकहरूले राहतका लागि प्राविधिक मूल्याङ्कनसहितको सहयोगको अपेक्षा गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?