भोटेकोशी बाढीपीडितलाई रेडक्रसको १ लाख नगद सहयोग
सारांश
- भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको पुनर्लाभ र पुनःस्थापनाका लागि नेपाल रेडक्रस सोसाइटीले ‘समुन्नति कार्यक्रम’ मार्फत रु एक लाखका दरले सोझै बैंक खातामा नगद सहायता उपलब्ध गराउने भएको छ।
- रेडक्रस र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच मङ्गलबार सम्पन्न सम्झौताअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कका आधारमा प्रारम्भिक रूपमा अनुमानित झन्डै छ हजार परिवारलाई सो सहयोग वितरण गरिनेछ।
- मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र रेडक्रस अध्यक्ष डा विशालकुमार भण्डारीले हस्ताक्षर गरेको यस आयोजनाको औपचारिक घोषणा आइएफआरसीका महासचिव जगन चापागाईँले प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गर्नुभएको हो।
भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको पुनर्लाभ र पुनःस्थापनाका लागि नेपाल रेडक्रस सोसाइटीले ‘समुन्नति कार्यक्रम’ मार्फत रु एक लाखका दरले सोझै बैंक खातामा नगद सहायता उपलब्ध गराउने भएको छ। रेडक्रस र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच मङ्गलबार सम्पन्न सम्झौताअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कका आधारमा प्रारम्भिक रूपमा अनुमानित झन्डै छ हजार परिवारलाई सो सहयोग वितरण गरिनेछ।
मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र रेडक्रस अध्यक्ष डा विशालकुमार भण्डारीले हस्ताक्षर गरेको यस आयोजनाको औपचारिक घोषणा आइएफआरसीका महासचिव जगन चापागाईँले प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गर्नुभएको हो। बाढीको विपद्पछि पीडितहरूको तत्कालीन खाद्यान्न, स्वास्थ्य, सरसफाइ र घरायसी आवश्यकता सम्बोधन गर्दै जीवनयापन सहज बनाउने उद्देश्यले यो आर्थिक ढाँचा तयार पारिएको हो।
सहायता रकम वितरण प्रक्रियालाई पारदर्शी, सहज र निष्पक्ष बनाउन सम्बन्धित स्थानीय तहको सहयोगमा लाभग्राहीको प्रमाणीकरण गरी बैंकिङ प्रणालीमार्फत रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ। यस प्रक्रियामा मन्त्रालयले नीतिगत निर्देशन र अनुगमनको भूमिका निर्वाह गर्नेछ भने रेडक्रसले प्रत्यक्ष वितरण तथा सामुदायिक जवाफदेहिताको जिम्मेवारी बहन गर्नेछ।
राहत वितरणमा निष्पक्षता र समावेशी मर्मलाई प्राथमिकता दिँदै विशेष जोखिममा रहेका महिला नेतृत्वका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। सम्झौता अनुसार रकम प्राप्त गर्ने परिवारले आफ्नो आवश्यकता अनुसार प्राथमिकता तोकी रकम खर्च गर्न पाउनेछन्।
गत भदौ १० गतेको रसुवा-भोटेकोशी बाढीपश्चात् निरन्तर मानवीय सहायतामा खटिएको रेडक्रसले आगामी तीन महिनाका लागि अस्थायी आवास, खानेपानी, सरसफाइ र मानसिक स्वास्थ्य परामर्श समेटिएको रणनीतिक योजना तयार गरी प्रतिकार्य तीव्र बनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया