प्रमुख जिल्ला अधिकारीले गरे वर्षाका लागि पुजा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रमुख जिल्ला अधिकारीले गरे वर्षाका लागि पुजा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

सप्तरी, १८ साउन। सप्तरीमा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख लगाउतले वर्षाकाे लागि पुजा गरेका छन् ।  भेडिया मठको नामले प्रसिद्ध बनस्खण्डी मठमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,सप्तरीका एसपी मुकेश कुमार सिंह सुरक्षा निकाय र अन्य सरकारी कार्यालयका प्रमुखहरुको टोलीले बिहीबार  तिरहुत गाउँपालिका वार्ड नम्बर ५ मा रहेको श्री बाबा बनस्खण्डी मठमा पूजा गरेर पानी पर्ने विश्वास का  साथ पुजा गरिएकाे बताइएकाे छ ।

परापुर्ब काल देखि नै जब पानी समयमा नपरेर किसानहरु मारमा पर्दथिए तब सबै जिल्ला प्रमुख देखि सोही मठमा गई पूजा गरेपछि पर्याप्त वर्षा हुने तथा अतिवृष्टि र अनावृष्टि नहुने मान्यता रहेको छ।पुराना बासिन्दाहरु तथा हाल का गाउँपालिकाका अध्यक्ष हेमन्त यादब ले पनि भने कि कुनै–कुनै बेला त पूजा गर्दागर्दै मुसलधारे वर्षा समेत हुने गरेको उनि हरुले बताए। विगतमा जिल्ला मालपोत कार्यालयले पूजाका लागि रकम निकासा गर्ने चलन थियो।

प्रजातन्त्र स्थापनापछि जिल्ला विकास समिति मार्फत हुदै गरेको पूजापाठको सम्पूर्ण व्यवस्थापन मुलुक संघीयता मा गएपछि यो पहिलो पटक स्थानीय तहले नै पूजाको सम्पूर्ण व्यवस्थापन गरेको जिल्ला समन्वय समिति सप्तरी ले जनायको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?