गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा गगन थापा सभापतिमा उठ्नेबारे आफूलाई जानकारी नरहेको बताएका छन्।

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा गगन थापा सभापतिमा उठ्नेबारे आफूलाई जानकारी नरहेको बताएका छन्।

आइतबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले १५औं महाधिवेशनमा उठ्नेबारे गगनले आफूलाई केहीपनि नभनेको बताए।

उनले गगन आजसम्म पनि आफ्नै गुटमा रहेको बताए । ‘आजको दिनपनि उहाँ हाम्रै ग्रुपमा हुनुहुन्छ । उहाँ उठ्छु भनेर मलाई त भन्नु भएको छैन। बाहिर तपाईँहरुलाई भनेको भए मलाई थाहा छैन । उठ्नुहुन्छ भने उठ्नुहुन्छ । त्यो त अधिकारको कुरा हो । अधिकार कसैको रोक्ने कुरा त भएन,’– उनले भने ।

साथै, कांग्रेस अधिवेशनमुखी भइसकेको उनले बताए । अधिवेशनमुखी भइसकेको अवस्थामा अलिअलि तलमाथि हुनुलाई स्वभाविक मान्नुपर्ने उनको धारणा छ । त्यस्तै सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुनै रिस, राग, द्वेष नरहेको उनले प्रष्ट पारे ।

‘मेरो सभापतिजीसँग कुनैपनि किसिमको रिस, राग, द्वेष केही छैन । उहाँ मेरो आदारनीय सभापति हुनुहुन्छ । उहाँले बोलाएको बेला म जान्छु । मैले कुनै इन्फर्मेसन पाएँभने भेटेर भन्छु, फोनबाट भन्छु । उहाँसित होईन, मेरो कसैसित पनि, कुनैपनि नेपाली कांग्रेसका साथीहरुसित मेरो रिस, राग, द्वेष केहीपनि छैन,’– नेता कोइरालाले भने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    注册Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु
मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु
३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना छ, सुवास आउट : लालबाबु
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला वेपत्ता: खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
ओलीका अध्यक्षतामा नेकपा बैठक
ओलीका अध्यक्षतामा नेकपा बैठक
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
प्रशिक्षण शिविर उद्घाटन  उपप्रधानमन्त्री थापा
प्रशिक्षण शिविर उद्घाटन उपप्रधानमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?