वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

उदयपुर । जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् ।

कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट रु आठ÷दश हजार खर्च निकाल्न पनि दिनभरि लाइनमा उभिनपर्ने बाध्यता भएको स्थानीय नरेन्द्र दाहाल बताउँछन् ।

कटारीकै स्थानीय व्यापारी माया श्रेष्ठ भन्छन्, “वाणिज्य बैंकलगायतका निजी बैंकले समेत चाँडै एटिएम सेवा सञ्चालन गर्ने भनेर ग्राहकलाई झूठो आश्वासन दिने गरेको धेरै समय भइसक्यो, यसपटकको दशैँमा वाणिज्य बैंकलगायत अन्यले पनि यो कुरा पूरा गर्न सकेनन् ।”

आफूहरुले पटक–पटक एटिएम सेवा सञ्चालन गरिदिन वाणिज्य बैंकलगायत अन्य बैंकका शाखा प्रमुखलाई अनुरोध गर्ने गरेकामा हुँदैछ भनेर टार्ने गरेको गुनासो अर्का स्थानीय देवीका सुनुवारको छ ।

यता कटारी वाणिज्य बैंकका प्रमुख उमापति बास्तोलाले यसअघि नै दशैँको समयसम्ममा एटिएम सेवा सञ्चालन हुने बताए पनि अहिलेसम्म सञ्चालन हुन नसकेको आम कटारीवासीको गुनासो बढेको बताउँछन् ।

वाणिज्य बैंकका एक कर्मचारीका अनुसार एटिएम जोड्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा अनुरोध गरिसकिएको तर सम्बन्धित स्थानबाट नै अहिलेसम्म काम हुन सकेको छैन ।
राष्ट्रिय वाणिज्य बैंकलगायत कटारीमा अन्य आधा दर्जन निजी बैंक छन् । दशैँलाई ध्यानमा राखेर भर्खरै एनएमबी बैंकले भने एटिएम सेवा सञ्चालन गरेको सम्बन्धित बैंकका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली
सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
दानव नदीको किनारामा युवतीको शव
दानव नदीको किनारामा युवतीको शव
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
५ जना वडाध्यक्ष मेयरविरुद्ध अनशनमा!
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति