एउटै फार्मबाट दुई लाखको फूल बिक्री

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
एउटै फार्मबाट दुई लाखको फूल बिक्री

सारांश

  • काठमाडौं।
  • पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी भएको छ ।
  • तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

काठमाडौं। पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए । तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए । बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापाले बताए । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ ।

प्रतिकिलो फूल पाँच सय र प्रतिमाला एक सय ५० मा बिक्री भएको थापाले बताए । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ ।

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष दुई लाखदेखि तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
गंगामाया अधिकारी अनशन तोड्ने
गंगामाया अधिकारी अनशन तोड्ने
मोदी र ओली बीचको भेटवार्तामा के के भयो ?
मोदी र ओली बीचको भेटवार्तामा के के भयो ?
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा,  सरकारलाइ ठाडाे चुनाैती !
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा, सरकारलाइ ठाडाे चुनाैती !
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी
‘चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी

तपाईंले छुटाउनुभयो कि?