प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उहाँको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?