बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा लगातार दुई दिनसम्म गिरावट आएको सुनको मूल्य सोमबार भने तोलामा ५०० ले बढेको छ ।
  • शुक्रबार १ हजार ४०० र आइतबार एकै पटक २ हजारले घटेको सुनको मूल्य सोमबार ५०० ले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनसम्म गिरावट आएको सुनको मूल्य सोमबार भने तोलामा ५०० ले बढेको छ । शुक्रबार १ हजार ४०० र आइतबार एकै पटक २ हजारले घटेको सुनको मूल्य सोमबार ५०० ले बढेको हो ।

बिहीबार तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबारदेखि दुई दिनसम्म घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?