सीमा बन्द हुन्छ- झलनाथ खनाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ६, २०७६
|
|
६१ पटक हेरिएको
Shares
सीमा बन्द हुन्छ- झलनाथ खनाल

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पाँच दशकभन्दा लामो राजनीतिक अनुभव छ ।
  • उनी आजबाट ७० वर्ष पूरा गरी ७१ औं वर्ष प्रवेश गरेका छन् ।

काठमाडौं, ६ चैत्र । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पाँच दशकभन्दा लामो राजनीतिक अनुभव छ । उनी आजबाट ७० वर्ष पूरा गरी ७१ औं वर्ष प्रवेश गरेका छन् । खनालले जन्मदिनमा आफूले बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमसँग जुध्न सामान ढुवानीबाहेक भारत र चीनसँगको सीमा बन्द हुने बताएका छन् । उनीसँग राष्ट्रिय अन्तर्रा्ष्ट्रिय परिस्थितिबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपाईं कति वर्षमा प्रवेश गर्नुभयो ?
तपाईंलाई धेरै–धेरै धन्यवाद ‘म आज ७० पुरा गरी ७१ वर्षमा लागेँ । मेरो ७१ औं प्रवेशको अवसरमा कतिपयले फोनामा वधाइ दिनुभएको छ भने कतिपय धरमा नै आएर वधाइ तथा शुभकामना दिने कार्यक्रम बनाउनुभएको छ । तर, मैले उहाँहरुलाई कोरोनाको कारणले गर्दा ‘तपाईंहरु यहाँ नआउनुहोस्, सञ्चार माध्यमबाट शुभकामना र बधाइ दिनुहोस् भनेको छु ।
आफ्नो सबैजसो समय देश र जनताको लागि समर्पित गर्नुभयो, ७१ वर्ष लाग्दै गर्दा नेपाली जनतालाई के भननुहुन्छ ?
म आफ्नो बलबुताले भ्याएसम्म आगामी दिनहरु नेपाली जनता र देशप्रति दृढतापूर्वक समर्पित गर्नेछु । यही दृढताका साथ अन्तिम अवस्थासम्म पनि म अगाडि बढिरहने छु ।
तपाईको ५० वर्षभन्दा लामो राजनीतिक यात्रामा नेपाली जनताका पक्षमा निर्णय गर्ने ठाउँमा कहीं चुक्नुभयो ?
अहिलेसम्म मेरो जीवनमा चुकेको सम्झना छैन । मैले निरन्तर देश, जनता र पार्टीको निम्ति जे–जति निर्णय अधिकार पाएको थिएँ ती कुराहरु निर्णय गरेर आएको छु । देशको स्वतन्त्रता, सर्वभौम, राष्ट्रिय अखण्डताको निम्ति र देशको अग्रामी लोकतान्त्रिक व्यवस्थाको समुन्नतिका निम्ति निरन्तर लड्दै आएको छ ।
अहिलेको व्यवस्था जनताले जे–जति विकास र समृद्धिको चाहना राखेका छन् त्यसमा कति सफल हुनुभयो ?
विकास र समृद्धिका लागि नेपाली जनताले छोटो अवधिमा चाहेका छन् । त्यसअनुसार कति अभैm हाम्रो सरकारले लिन सकेको छैन । त्यो क्रियाकलापले हामी आफै सन्तुष्ट छैनौं । यद्यपि ठूला–ठूला योजनाहरु अगाडि बढाइरहेको छ । तर जनता भने योभन्दा बढी गरे हुन्थ्यो भन्ने चाहना राख्दछन् ।
सरकारले अहिले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने निर्णय गरेको छ, त्यसमा पार्टीको सहमति छ ?
यो विषयलाई अत्यन्तै गम्भीर रुपमा लिएको छ । हिजो बेलुका मात्रै सचिवालय बैठक बसेर विश्वमा फैलिरहेको कोरोना दक्षिण एशियामा पैmलिने बारेमा गम्भीर रुपले छलफल ग¥यौं । त्यसमा हामीले अहिलेसम्म नेपालमा देखा परेको छैन । तर, कुनै पनि बेला देखा पर्न सक्छ भनेर सतर्क हुनका लागि यो निर्णय गरिएको हो । यसमा आतंकित पार्ने, भ्रमहरु फैलाउने, नचाहिने हल्ला गर्ने होइन । सबैले आफ्नै समस्या हो भनेर गहन ढंगले नियमको पाना गर्नुपर्छ । यसले विश्वमा सवा लाखभन्दा बढी मानिसलाई प्रभावित पारिसकेको छ ।
कोरोना भाइरसको सन्त्रास त विश्वमै डरलाग्दो रुपले फैलियो नि ?
यो धेरै नै डरलाग्दो रुपमा फैलिएको र कतिपय विशेषज्ञहरु धेरै ठूलो संख्यामा मान्छेहरु हताहती हुने कुराको आँकलन गरिरहेका छन् । यो अहिले पनि फैलिँदो अवस्थामा छ । चीनमा यसमा यसलाई धेरै हदसम्म नियन्त्रण गरिएको छ । त्यही ढाँचाको क्षमता सबैमा हुनुपर्यो । त्यो क्षमता नहुने देशहरुको लागि धेरै ठुलो खतरा छ । हामी पनि हेल्थकेयरको रुपमा त्यस्तो रुपमा रहेको देश होइनौं । त्यसकारण आवश्यक मात्रामा विदेशी सहयोग पनि लिएर अगाडि जानुपर्ने हुन्छ । त्यसकारण हिजोबाट हामीले अत्यन्त आक्रामक नीति लिएका छौं । हिजोबाट सबै स्कुल, कलुज, फिल्म हल, सभा, सम्मेलन, भेला, बैठक सबै बन्द गर्ने नीति लिएका छौं । संसदहरु पनि बन्द गर्नुपर्ने आवश्यक देखिएको छ ।
त्यसोभए अब संसद् नै बन्द हुन्छ ?
२५ जनाभन्दा बढी भेला हुन नपाउने भने पछि संसद्मा कति जना सदस्य छन् ? चाहे त्यो संघीय संसद् होस्, चोह प्रदेश संसद् होस् । सबैलाई बन्द गरेर हामीले सतर्कता लिनुपर्ने आवश्यकता छ ।
शुक्रबारदेखि अन्तर्रा्ष्ट्रिय उडान पनि रद्द गर्न लागेको हो ?
हो, अन्तर्रा्ष्ट्रिय उडानहरु पनि अधिकांश रद्द गरिने छ । त्यसमाथि पनि अरु विभिन्न प्रकोप फैलिएका देशहरुबाट आउने र छिमेकी मुलुकहरुबाट आउने उडानहरु पनि बन्द गर्ने, कतिपय कुनै प्रभावित ठाउँबाट मान्छेहरु आए भने तिनलाई तरुन्त क्वारेन्टाइनमा राख्ने र केयरिङ सिस्टमलाइृ अत्यन्त व्यवस्था र मर्या्दित बनाउने छ ।
भुटान, थाइल्यान्ड र भारतबाट त प्लेनहरु आउने भएन नि ?
त्यसमा पनि हामीले गम्भीर रुपमा ध्यान दिएका छौं । आवश्यक कदमहरु पनि चालिरहेकाले तिनीहरु पनि बन्द हुन सक्छन् ।
त्यसोभए भारतबाट पनि प्लेनहरु नआउन सक्छ हो ?
बोर्डरहरु त पहिलादेखि नै बन्द गर्ने निर्णय गरिएको हो । आज त्यसको बारेमा छलफल हुँदैछ । त्यसपछि यो निर्णय अनुसार बोर्डर पनि बन्द हुन सक्छ । बोर्डर बन्द गर्न सकिन्छ । त्यो गर्नलाई सम्बन्धित छिमेकी देशहरुसँग पनि सहमति हुनुपर्छ । त्यसकारण आज–भोलिबाटै बोर्डरहरु पनि बन्द हुन्छ । अन्य उडानहरु पनि बन्द गर्नुपर्छ ।
भारत र चीनका बोर्डरहरु पनि बन्द हुन्छ हो ?
सबै बन्द हुन्छन् ।
अब बोर्डरमा सुरक्षा जाँच कडा रुपले हुन्छ हो ?
सामानहरु आउन ढुवानीका साधनहरु बन्द हुँदैनन् । दैनिक उपभोग्य सामानहरुलाई कडा चेकजाँचका अनुसार आवतजावत रोक्का गरिन्छ । तर आउने अतित्यावश्यक सामान ढुवालाई भने सुचारु ग्रिन्छ ।
सीमा बन्द गर्ने हो भने त हाम्रो देशमा आउने तेल, ग्यास र खाद्यान्नहरु ऋभाव हुने भयो नि ?
सीमा बन्द गर्ने भनेको मानिसको आवाजजावतलाई बन्द गर्ने हो । सामानहरुको ढुवानी र आवतजावतलाई बन्द गर्दैनौं । विश्वव्यापी रुपमै सामान सप्लाई चेन्जलाई जारी राखिएको छ । भारत–नेपालबीचमा सप्लाई भइरहेको छ । तर, मानिसहरुबाट यो रोग सरिरहेकाले त्यसको आवतजावतलाई रोक लगाइएको छ । तेल, ग्याँसलगायत खाद्य सामाग्रीमा कालाबजारीलाई रोक्न मिसावट हुनबाट रोक्न विपत्तिको बेलामा कृतिम अभाव सिर्जना गरेर कालाबजारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सप्लाई यथावत कायम राख्नको लागि गम्भीर रुपमा ध्यान दिन जरुरी छ ।
त्यसोभए आवतजावत चाहीं चीन–भारतबाट आवतजावत रोक्नुपर्छ ?
अत्यावश्यक सामाग्रीहरुको ढुवानीमा रोक्का गर्नुभयो । ती सामग्री रोकिनुहुँदैन । अन्य क्षेत्र भने रोक्नुपर्छ । आजबाट सबै विद्यालय, कलेजहरु बन्द गरिएका छौं । आचहरुमा र भोजभतेरमा २५ जनाभन्दा बढी भेला भइहाल्छौं । त्यसैले त्यस्ता कामहरु सबै बन्द गरिएको छ । त्यसकारण २५ जनाभन्दा बढी मान्छेहरु जम्मा हुने गरी हुने कुनै परिघटनाहरुलाई अन्त्य गर्ने गरी अहिलेको परिघटनालाई मूल्यांकन गरेर त्यो निर्णय गर्न वाध्य भएका हौं ।
अन्तर्रा्ष्ट्रिय एयरपोर्टको कुरा गर्दा पनि अब कुनै पनि जहाजहरु त्यहाँ ल्यान्डिङ हुँदैन ?
हो, अब केही समयका लागि जहाजहरु रोकिन्छन् । सबै क्षेत्रबाट खाली सामानहरु ढुवानी गर्ने बाहेक अरु व्यक्तिका लागि आवतजावत बन्द हुने छ । सामानहरु आउँछन् त्यसको लागि चेकजाचको अलग्गै व्यवस्था हुन्छ । जहाजहरु सबै बन्द हुन्छन् । सार्वजनिक यातायातलाई के गर्ने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । त्यो पनि केही दिनका निम्ति बन्द गर्नुपर्ने हुन सक्छ ।
सर्वजनिक यातायातमा पनि सय जनाभन्दा बढी मान्छेहरु आवतजावत गर्छन् नि ?
धेरै मान्छे भीडभाड गरेर, सीटसंख्याभन्दा बढी राखेर चलाउने चलन त्यसलाई हामीले रोकिसकियो । अब त्यसलाई पनि सिंभावलोकन गर्दै हामी आवश्यक कदम चाल्दछौं ।
पच्चीस जना भन्दा बढी भेलाहुन नपाउने भनेपछि बिसमा त त्योभन्दा बढी हुन्छन् नि ?
हो, २५ जनाभन्दा बढी हुन्छन् । त्यसकारण त्यो कुरालाई पनि मिलान गर्नुपर्ने हुन्छ ।
त्योसोभए सार्वजनिक यातायातमा तपाईंंहरुले केही समय रोकावट गर्न सक्नुहुन्छ ?
रोक्नुपर्ने सम्भावना हुन सक्छ ।
बाहिरका विभिन्न ठाउँबाट आउने र जानेको संख्या पनि ठूलो छ, यिनीहरुलाई कस्तो कदम चाल्नुहुन्छ ?
देशव्यापी चल्ने हाम्रो आन्तरिक यातायात सामान्यतः जारी रहन्छ । तर, संख्या सानो गरेर बिनाभीडभाड सुनिश्चितता गरेर त्यसलाई जारी राख्ने हो । त्यसमा पनि अप्ठ्यारो आयो प्रतिकूलता देखियो भने त्यो पनि रोक लगाउनुपर्ने स्थिति हुन सक्छ ।
अत्यावश्यक बाहेक बाहिर ननिस्कने आह्वान गर्नुभएको छ हो ?
मान्छेहरु अनावश्यक ठाउँमा नखाने, नहिड्ने, भेटघाट नगर्ने आदि कुरामा निगरानी गरेका छौं । आफ्नै घरमा बस्ने त्यही पकाएर खाने, जथाभावी चिजहरु नखाने । रक्सी, जाँड आदि पनि खाने । मासु पनि जथाभावी नखाने । आफ्नै घरमा पकाएर खाने कामहरु गर्नुपर्छ । हात पटक–पटक धोइरहने, हेरक घरमा सेनीटाइजेसन प्रयोग गर्नेलगायतका काम गर्नुपर्छ ।
नेपालमा आधाभन्दा बढी मान्छेसँग साबुन पानीले हात धुने, सुविधा वा अभ्यास नै छैन अनि कसरी समस्या समाधान हुन्छ ?
यस्तो बानी सुधारका लागि कतिपय समयमा महामारी आउँछन् । तिनले एउटा–एउटा कुरा सिकाएर पनि जान्छन् । अहिले प्रत्येकले पटक–पटक हात धुनुपर्छ । यो संस्कृति भनेको स्थायी भएर जान्छ । जसरी यो प्रकोपलाई लक्षित गरेर हामीले हात धुने संस्कृतिको विकास गरेका छौं । यसले जीवभर फाइदा हुने कुरा हो ।
अहिले राजनीति पार्टीको कुरा गतिविधिहरु ठप्प छ हो ?
हो, अहिले राजनीति गतिविधि ठप्प जस्तै छ । अब हामीसबैले भेला, मिटिङ, बैठक सबै बन्द गर्ने भनेकै छौं । पार्टीका पनि केन्द्रीय कमिटि, स्थायी कमिटिका ठूला बैठकहरु हामीले पनि राख्दैनौ. । सानातिना सचिवालय बैठकहरु राख्न सक्छौं । त्यसैको निर्णयअनुसार देशलाई अगाडि बढाउने काम गर्नुपर्छ ।
तपाईहरुको सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुभएन अब के हुन्छ ?
त्यो निर्णय कार्यान्वयन हुन्छ । त्यसमा कुनै चिन्ता गर्नुपदैन ।
तपाईंहरुको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने वाध्यता छ र ?
पार्टीले गरेका निर्णयहरु सबैले मान्नुपर्छ । उहाँले पनि मान्नुहुन्छ ।
हिजोको बैठकमा यो कुरा उठान भयो ?
हिजो त कोरोनाको विषयमा छलफल गरियो । अरु विषयमा बैठकै प्रवेश गरेन ।
अब एमसीसी पारित नहुने भयो होइन ?
एमसीसीको बारेमा नेताहरुलाई हामीले प्रतिवेदन बुझाएका छौं । उहाँहरुले के भन्छु हुन्छ । त्यसको आधारमा चाँडैनै मिटिङ, बैठक हुन्छ । त्यही निर्णय बमोजिम हुन्छ ।
अहिलेसम्म किन पारित हुन सकेन एमसीसीको बारेमा ?
अहिलेसम्म प्रधानमन्त्री बिरामी हुनुहुन्छ । पहिला उहाँले भ्याउनुभएन । भ्याएपछि त्यसको बारेमा छलफल हुन्छ ।
यो त अब संसदीय बैठकबाट त पारित नहुने भयो किन अहिले स्थगन छ नि ?
यसको बारेमा विश्वभरि यत्रो संकट छ । यो अमेरिकाले पनि सोच्छ । यसले यसै पनि एउटा समय दिने कुरा भइगयो नि ।
त्यसोभए यो प्रतिनिधिसभा एमसीसी पारित नहुने भयो ?
बन्द गर्नुपर्ने स्थिति भएकाले पास हुन गाह्रो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन
सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले

तपाईंले छुटाउनुभयो कि?