बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मुम्बई। बलिउडकी चर्चित अभिनेत्री दीया मिर्जाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवन तोड्ने निर्णय गरेकी छन्। दीयाले आफ्ना पछि साहिल संघासँग सम्बन्ध विच्छेद गरेको भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरुले सहमति मै सम्बन्ध विच्छेद गरेको बताएका छन्। दीयाले आफूहरुबी सम्बन्ध विच्छेद भएको जानकारी सामाजिक संजाल इन्स्टाग्राममार्फत दिएकी हुन्।

दीयाले लेखेकी छन्–११ वर्षसम्म सँगै बसेपछि हामीले आपसमा अब अलत हुने फैसाल गरेका छौं। हामी एक अर्काका साथी बनिरहने छौं र एक अर्काप्रति आदर र सम्मान पनि गर्ने छौं। हाम्रो यात्रा हामीलाई फरक फरक दिशामा लिएर जानेछ। तर हामीले जुन सम्बन्ध शेयर गरेका छौं त्यसकालागि हामी एक अर्का प्रति आभारी हुनेछौं।

हामी आफ्ना परिवार, साथीलाई उहाँको माया र साथकालागि धन्यवाद दिन चाहन्छौं। मिडियालाई पनि हामीलाई समर्थन गरेकोमा धन्यवाद भन्न चाहन्छौं। हामी सबैलाई विन्ती गर्छौं, की हामीलाई हाम्रो समय दिनुस्। हामी यो विषयमा अगाडि केही पनि भन्दैनौं।’

दीयाको विवाह १८ अक्टोबर २००८ मा साहिलसँग भएको थियो। साहिल उनको व्यापारी साभेदार थिए। दीया र साहिलको विवाह आर्य समाजको परम्परा अनुसार दिल्लीमा भएको थियो। उहाँ दीया पारम्पारिक हैदराबादी बेहुली जस्तै देखिएकी थिइन्। यद्यपी उनीहरुबीचको सम्बन्ध विच्छेदको मुख्य कारण व्यापारिक विवाद रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?