ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २९, २०७३
|
|
२९६ पटक हेरिएको
Shares
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • काठमाडौको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ ।
  • प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो ।

काठमाडौं, २९ मंसिर । काठमाडौको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ । प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो । राजधानी दैनिकमा खबर । छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए । स्रोतका अनुसार ट्याक्सी भाडाको विषयमा कुरा नमिल्दा लामालाई इटा प्रहार गरी हत्या गरिएको हो । सो घटनाको विषयमा अनुसन्धानका लागि मंलगबार साँझ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । तर यसलाई प्रहरीले गोप्य नै राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका ५ कलाकारलाई प्रमाण पत्र दिइयो
कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने

तपाईंले छुटाउनुभयो कि?