प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

२५ असोज, काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई

प्राथमिकतामा राखेका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै बनेका दलीय गठबन्धनको गतिविधिलाई सबैजसो दैनिक पत्रिकाहरुले अाज लेखेका छन् ।

उपभोक्ता ठगिएको भन्दै सर्वोच्च अदालत र सरकारले सात वर्षअगाडि रोक लगाएको नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसद्ले आफ्नो कार्यकालको अन्ततिर आइपुग्दा मंगलबार पारित गरेको छ । प्रतिबन्धित नेटवर्किङलाई वैधता दिइएकाे विषयबारे आजका पत्रपत्रिकाहरुले समाचार लेखेका छन् ।

ठूला दलका हेभिवेट नेताले मुख्यमन्त्रीमा अरुचि देखाएको विषयलाई पनि आजका केही पत्रपत्रिकाहरुले उठाएका छन् । पत्रपत्रिकाले लेखेका छन् – काम देखाउन सक्ने ठूला नेता पनि प्रदेशको मुख्यमन्त्रीभन्दा केन्द्रको सांसद् हुन इच्छुक देखिएका छन् ।’

एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै शीर्ष नेतालाई प्रत्यक्षमै उठाउने निर्णय गरेकोदेखि अनुदानको चामल खाद्य संस्थानले धमाधम बिक्री गरेकोसम्मका खबरले आजका पत्रपत्रिकाको पहिलो पृष्ठ भरिएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?