संस्कारी बुहारीका बोल्ड तस्विर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
संस्कारी बुहारीका बोल्ड तस्विर

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, असार १० । कामबाट अलि फुर्सद पाउनासाथ विदा मनाउने चलन सेलिब्रेटिहरुको लागि नौलो होईन । गर्मिका कारण समुन्द्रि किनारमा बिदा मनाई रहेका कयौ सेलिब्रटिहरुका तस्विरहरु बेला बेला भाईरल भई रहन्छन ।यही क्रममा भारतीय टिभी सिरिएलमा संस्कारी बुहारीको रुपमा देखिने भिनेत्री जस्मिन भसिनका बोल्ड तस्विरले भने सामाजिक संजालमा सनसनी मच्चाएको छ । टिभी सिरियल ‘दिल से दिल तक’मा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री जस्मिन भसिनले हालै हट फोटो पोस्ट गरेकी हुन् ।आफ्नो करिअरको सुरुवात टिभी शो टशन ए इश्कबाट गरेकी जस्मिनले इन्स्टाग्राममा निकै हट र बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् । बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आईरहने उनका तस्विरमा संस्कारी बुहारी बोल्ड बनेपछि जस्ता प्रतिक्रिया आईरहेका छन ।

यो पनि पढ्नुहोस्

शिक्षिकाको कुटाइबाट १० वर्षे बालक घाइते

काठमाडौं १० असार । गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्।

सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ। उनको ढाड, हातमा जताततै निलडाम छ। उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन्।किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए। ‘पाँचौ पिरियड विज्ञान मिसको थियो। मिसले खै किताब भनेर सोध्नुभयो। मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ। देखाउन सकिनँ। अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?