हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु

सारांश

  • उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ।
  • कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्।
  • यस क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्। यस क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घटनाबारे थालेको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीयले महेन्द्रनगरमा आन्दोलन चर्काएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलगायत गृह मन्त्रालय तानिएका थिए। उनीहरूको सट्टामा गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाएपछि उनीहरूको नेतृत्वमा स्थानीयको मागबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shivanath Maharjan

    Ramro performane nagarne karmachari lai on the spot action linu parchha, transfer matra garera ke garne sarkar. Pheri tehi dohrinchha arko jilla ma.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?