गोल गर्दा पनि सनले खुशी मनाएनन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
३३ पटक हेरिएको
Shares
गोल गर्दा पनि सनले खुशी मनाएनन्

सारांश

  • च्याम्पियन्स लिग फुटबलमा टोटनहामका कोरियाली स्टार सन हुङ मिनले दुई गोल गरे ।
  • उनले पहिलो गोलमा खुशी मनाएनन् ।
  • दुई हात जोड्दै माफीको संकेत गरे ।

च्याम्पियन्स लिग फुटबलमा टोटनहामका कोरियाली स्टार सन हुङ मिनले दुई गोल गरे । उनले पहिलो गोलमा खुशी मनाएनन् । दुई हात जोड्दै माफीको संकेत गरे ।खुशी नमनाउनुमा उनले इभर्टनका मिडफिल्डर आन्द्रे गोमेजलाई गत हप्ता प्रिमियर लिग फुटबलमा घाइते बनाउनु मुख्य कारण रहेको छ । गोमेज घाइते भएपछि सन निकै दुखी छन् । गएरातिको खेलमा नायक सावित भएपछि उनले गोमेजसँग टेलिभिजन अन्तवार्तामा माफी पनि मागे ।

गोमेज घाइते भएपछि निकै दुःखी बनेका सनले गोलको खुशी मनाउन समेत सकेनन् । उनले गोमेजलाई घाइते बनाएपछि रातो कार्ड पाए्रका थिए । तर, यो निर्णय फुटबल एशोशिएसनले उल्टाएपछि च्याम्पियन्स लिगमा खेल्ने मौका पाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले दोस्रो हाफमा दुई गोल गरे ।

रेड स्टार बेलग्रेडविरुद्ध सनको प्रदर्शन सानदार थियो । उनको दुई गोलको मद्दतले टोटनहाम रेडस्टारमाथि ४-० को जित निकाल्न सफल भयो । यसअघि बायर्न म्युनिखसँग ७-२ ले पराजित भएको टोटनहामले रेड स्टारसँग निकै राम्रो खेल्यो । अंक तालिकामा दोस्रो स्थानमा रहन सफल भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?