नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
५४ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार

सारांश

  • काठमाडौँ ।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८९ अङ्कले उकालो लागेर चार सय दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कारोबार भएकामध्ये एक सय आठ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय एक कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने सात कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कूल ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर रू एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू छ करोड ४४ लाख २४ हजार छ सय ८२ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक रू पाँच करोड ८५ लाख १६ हजार, नविल बैंक रू पाँच करोड ७४ लाख ७६ हजार तीन सय ८१, चिलिमे हाइड्रोपावर रू पाँच करोड सात लाख चार हजार नौ सय चार र हिमालयन डिस्टिलरी रू चार करोड २४ लाख ७४ हजार सात सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स आठ दशमलव ४९, सिद्धार्थ इक्विटी फण्ड चार दशमलव २९, जानकी फाइनान्स चार दशमलव १५ र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर पाँच दशमलव ४५, प्रभु बैंकको ऋणपत्र चार दशमलव ८६, प्राइम लाइफ तीन दशमलव ८४, पाँचथर पावर कम्पनी तीन दशमलव ६३ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब २४ अर्ब ७५ करोड ६९ लाख ७४ हजार सात सय ७५ बराबर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जमा
डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जमा
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

तपाईंले छुटाउनुभयो कि?