हत्या आरोपी १७ वर्षपछि पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
हत्या आरोपी १७ वर्षपछि पक्राउ

सारांश

  • प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।
  • विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् ९युएई०मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् । पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा छ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ ।

ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी
अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो

तपाईंले छुटाउनुभयो कि?