कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो

सारांश

  • मुम्बई।
  • कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ ।
  •  कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन ।

मुम्बई। कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन । 

 तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ । यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ । 

कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ,  जुन साच्चै नै निकै कम हो । यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
मन्त्री बन्न योगेश भट्टराईलाई ओलीको सन्देश
मन्त्री बन्न योगेश भट्टराईलाई ओलीको सन्देश
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए

तपाईंले छुटाउनुभयो कि?