गृह र उद्योग मन्त्रालयको पहल: ग्यास डिपोहरूमा पुगे सादा पोसाकका सुरक्षाकर्मी

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, श्रावण २८, २०८३
|
|
२२ पटक हेरिएको
Shares
गृह र उद्योग मन्त्रालयको पहल: ग्यास डिपोहरूमा पुगे सादा पोसाकका सुरक्षाकर्मी

सारांश

  • काठमाडौं उपत्यकाका उपभोक्तासम्म एलपी ग्यासको सहज पहुँच सुनिश्चित गर्न स्थानीय प्रहरी प्रशासनले बजार अनुगमन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ।
  • गृह र उद्योग मन्त्रालयको संयुक्त पहलपछि सर्वसाधारणले भोग्दै आएको ग्यासको अभाव तथा वितरणमा देखिएको समस्या अन्त्य गर्न राजधानीका मुख्य मुख्य वितरण केन्द्रहरूमा सुरक्षा सतर्कता कडा पारिएको छ।
  • इन्धन बजारमा देखिने अस्वाभाविक भिडभाड र कालोबजारी नियन्त्रण गर्न आजदेखि उपत्यकाका संवेदनशील क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी थालिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका उपभोक्तासम्म एलपी ग्यासको सहज पहुँच सुनिश्चित गर्न स्थानीय प्रहरी प्रशासनले बजार अनुगमन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ। गृह र उद्योग मन्त्रालयको संयुक्त पहलपछि सर्वसाधारणले भोग्दै आएको ग्यासको अभाव तथा वितरणमा देखिएको समस्या अन्त्य गर्न राजधानीका मुख्य मुख्य वितरण केन्द्रहरूमा सुरक्षा सतर्कता कडा पारिएको छ।

इन्धन बजारमा देखिने अस्वाभाविक भिडभाड र कालोबजारी नियन्त्रण गर्न आजदेखि उपत्यकाका संवेदनशील क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी थालिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरीकुमारी यादवबीचको समन्वयपछि ग्यास आपूर्ति प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन यो कदम चालिएको हो।

ग्यास वितरणमा हुने अनुचित नाफाखोरी, कृत्रिम अभाव र बिचौलियाको हस्तक्षेप रोक्न यो विशेष कदम चालिएको छ। उपभोक्ता अधिकारको संरक्षण गर्दै ग्यासको सहज वितरण गराउनु यस अभियानको प्रमुख ध्येय रहेको मन्त्रालय स्रोतले जनाएको छ।यो प्रत्यक्ष अनुगमनले ग्यास डिपोहरूमा हुने अनियमितता रोक्न र वास्तविक सर्वसाधारणलाई पालो अनुसार ग्यास दिलाउन प्रत्यक्ष सहयोग पुग्ने विश्वास लिइएको छ।

अनुगमनबाट ग्यासको मौज्दात, वितरण तथा बिक्री प्रणालीमा हुने अनियमितता नियन्त्रण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?