प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने

सारांश

  • नयाँ दिल्ली।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्।
  • प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

नयाँ दिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा २ सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ। भारतको निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र कांग्रेसले ९९ सिट जितेका छन्।

भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो।

एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी थिए।

बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट) नेता प्रफुल्ल पटेललगायत अन्य एनडीए निकट दलहरूको सहभागिता थियो।

यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी छन्।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन्।

त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ। काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो
मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने
यी हुन् देशभरका प्रतिनिधिसभा र प्रदेशका उम्मेदवार (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?