कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
६३ पटक हेरिएको
Shares
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा

सारांश

  • प्रदेश नम्बर ४ को राजधानी कास्कीमा मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनका लागि एक÷एक बहालबाला र पूर्वमन्त्रीसँगै ६ पुर्व सांसद चुनावी मैदानमा होमिएका छन् ।
  • शेरबहादुर देउवा नेतृत्बको सरकारमा न्याय कानुन तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञ बहादुर थापा र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसँगै आधा दर्जन पूर्व सांसद विभिन्न दलबाट उम्मेदवार बनेका हुन् ।
  • बहालवाला मन्त्री थापा र पूर्व मन्त्री अधिकारी एउटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी समेत हुन् ।

प्रदेश नम्बर ४ को राजधानी कास्कीमा मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनका लागि एक÷एक बहालबाला र पूर्वमन्त्रीसँगै ६ पुर्व सांसद चुनावी मैदानमा होमिएका छन् ।शेरबहादुर देउवा नेतृत्बको सरकारमा न्याय कानुन तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञ बहादुर थापा र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसँगै आधा दर्जन पूर्व सांसद विभिन्न दलबाट उम्मेदवार बनेका हुन् ।

बहालवाला मन्त्री थापा र पूर्व मन्त्री अधिकारी एउटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी समेत हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रका लागी थापालाई कांग्रेसले र अधिकारीलाई वाम गठबन्धनले उम्मेदवार बनाएको हो । यसअघि ०६४ सालको निर्वाचनमा पनि सोहि क्षेत्रमा थापा र अधिकारी प्रतिस्पर्धी थिए । त्यतिबेला माओवादीका देव गुरुङले जित हाँसिल गरेका थिए भो मतका आधारमा अधिकारी दोस्रो र थापा तेस्रो स्थानमा थिए । ०७० सालको चुनावमा थापाले एमालेका उम्मेदवार मान बहादुर जिसीलाई २ सय ७२ मत अन्तरले पराजित गदै विजयी भएका थिए । यस पटक थापा द्रोसो पटक बाजी मार्ने कसरतमा छन् भने अधिकारी पहिलो पटक खाता खोल्ने प्रयासमा छन् ।

 

हाल कास्कीमा केन्द्रका लागि ३ र प्रदेशका लागि ६ क्षेत्र रहेका छन् । यसअघि ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा कास्कीका ४ क्षेत्र मध्ये ३ मा माओवादीले र १ क्षेत्रमा एमालेले जित हाँसिल गरेको थियो भने त्यसपछि ०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेस र एमालेले २/२ क्षेत्रमा बाजि मारेका थिए । यस पटक भने वाम गठबन्धका कारण कास्कीमा एमाले अगाडि देखिएको छ ।

यसै गरि कास्कीमा निर्वतमान संसदको विकास समितिका सभापती रविन्द्र अधिकारी क्षेत्र नम्बर २ बाट केन्द्रका लागि चुनावी मैदानमा छन् । यस अघि ०६४ र ०७० सालमा भएको दुबै निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट बाजी मारेका अधिकारी यस पटक समेत बाजी मादै ह्याट्रीक गर्ने दाउमा रहेका छन् । अधिकारीले ०६४ मा माओवादीका झलकपाणी तिवारी र ०७० मा कांग्रेसका शोभियत बहादुर अधिकारीलाई पराजित गरेका थिए ।कास्की क्षेत्र नम्वर ३ को प्रदेश क बाट निर्वतमान कास्की क्षेत्र नम्वर २ कि सांसद शारदा पौडेल मैदानमा होमिएकी छिन् । उनी यसअघि पहिलो संबिधान सभाको निर्वाचनमा माओवादीका राजकाजी गुरुङसंग परजित भएकी थिइन् भने ०७० मा एमालेका उम्मेदवार कृष्ण थापालाई परजित गदै सांसद बनेकी थिइन् ।

३ नम्बरमा पुर्व राष्ट्रिय सभाका सदस्य कांग्रेसका शुक्रराज शर्मा र एमालेका तर्फबाट निवर्तमान समानुपातीक सांसद जगत विश्वकर्मा एक अर्काका प्रतिस्पर्धी बनेका छन् । ०४६ सालपछि भएको संसदको निर्वाचनमा पराजित भएका शर्मा त्यसपछि ०५६ सालमा राष्ट्रिय सभाका सदस्य भएका थिए । कास्की क्षेत्र नम्बर १ को प्रदेश क मा कांग्रेसका जीवन परियार उम्मेदवार बनेका छन् । परियार निर्वतमान समानुपाकि सांसद हुन् । क्षेत्र नम्बर २ को प्रदेश ख बाट वाम गठबन्धबाट माओवादीका राजकाजी गुरुङ  उम्मेदवार बनेका छन् । गुरुङ यसअघि ०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट बिजयी भएका थिए भने दोस्रो संबिधान सभामा पर्वतबाट उम्मेदबार बनेका उनी पराजित भएका थिए । यो उनको तेस्रो पटक हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाले ५० हजार काङ्ग्रेसकाे १ लाख
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३मा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै
नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?