उजुरी परेपछि एक्सनमा प्रहरी, ललितपुरबाट समातिए किशोर श्रेष्ठ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २७, २०८३
|
|
१८ पटक हेरिएको
Shares
उजुरी परेपछि एक्सनमा प्रहरी, ललितपुरबाट समातिए किशोर श्रेष्ठ !

सारांश

  • जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरीले ललितपुरको कुसुन्तीस्थित निवासबाटै बुधबार साँझ पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी जाहेरी परेकाले नियन्त्रणमा लिइएको पुष्टि एसएसपी सन्तोष खड्काले गरेका छन्।
  • सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग जोडेर जनआस्था डटकममा समाचार प्रकाशित भएपछि एक महिलाले श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरीले ललितपुरको कुसुन्तीस्थित निवासबाटै बुधबार साँझ पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी जाहेरी परेकाले नियन्त्रणमा लिइएको पुष्टि एसएसपी सन्तोष खड्काले गरेका छन्।

सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग जोडेर जनआस्था डटकममा समाचार प्रकाशित भएपछि एक महिलाले श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्। विशेष गरी व्यक्तिका निजी तथा संवेदनशील विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गर्ने मिडियाका रूपमा जनआस्था साप्ताहिक र पत्रकार श्रेष्ठ परिचित रहँदै आएका छन्। प्रहरीले अहिले उक्त जाहेरीमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?