घुस दिएका आयुक्तमाथि छानवीन सुरु भएको अख्तियार प्रमुखको भनाइ
सारांश
- काठमाडौं।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताएका छन्।
- संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन्।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताएका छन्। संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन्।
समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएपछि प्रमुख आयुक्त घिमिरेले नाम नलिइकनै पछिल्लो घटनाबारे आयोगले छानविन सुरु गरिसकेको जानकारी गराए। उनले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिटै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने जनाए।
आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्ने सन्र्दभमा प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ स्थापना भएको भन्दै उनले केही आयोगका कर्मचारीहरु सो यूनिटको अनुसन्धानभित्र रहेको जानकारी दिए। प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानवीन गरि बयान लिने काम गरिरहेको जानकारी गराए। त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भइसकेको भन्दै उनले छिट्टै नै सो अभियान सुरु गरिने बताए।
आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले नागरिक समाज, संचार माध्यम, राज्यका अन्य संयन्त्र र आयोगको एकीकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिए। उनले नागरिक निगरानी समूह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भइसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताए।
उनले सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विकास लगायतका १ हजार बढी ठेक्काको समय थप नभएको जनाए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा रहेको भन्दै उहाँले त्यसलाई यथासक्य छिटो पूर्णता दिन सरकार र समितिको ध्यानाकर्षण गराए।
समिति सदस्यहरुले आयोगका पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगको काम कारवाहीबारे प्रश्न उठाएका थिए। त्यसैगरी वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार, जनसरोकारका सार्वजनिक संस्थानमा हुने आर्थिक अनियमितता लगायतमा आयोगको कामकारवाही बारे जिज्ञासा राखेका थिए।
आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि
समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया