दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्: विज्ञ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्: विज्ञ

सारांश

  • चितवन।
  • महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्।
  • नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
चितवन। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
 
उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए।
सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ। विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए।
विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ।
भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउछन्। भूकम्पले नभएर संरचनाले क्षति पु–याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
पाँच किलो सुन बरामद
पाँच किलो सुन बरामद
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
फौजदारी न्याय प्रणाली अनुशिक्षण
फौजदारी न्याय प्रणाली अनुशिक्षण
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा