प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्

सारांश

  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।
  • नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो ।
  • पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।

नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा अबदेखि अदालतले रिहाको आदेश दिएपछि नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई अर्को घटनासँग सम्बन्धित मुद्दा लगाएर पक्राउ नगर्ने समझदारी भएको हो ।

यी हुन् विप्लवका तीन सर्त
सरकारी वार्ता टोलीका एक सदस्यका अनुसार अनौपचारिक संवादमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूले वार्तामा बस्नुअघि तीनवटा मुख्य माग पूरा हुनुपर्ने सर्त राखेका छन् । सरकारले आफ्नो पार्टीलाई राजनीतिक पार्टी या हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ प्रस्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने, देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहित पोलिटब्युरो र केन्द्रीय तहका नेताका साथै सबै कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने तथा विनाअवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने सर्त छ । यी सर्त पूरा भए वार्तामा बस्न पार्टी तयार हुन सक्ने नेकपाका नेता गुणराज लोहनीले बताएका थिए ।

आजको नयाँ पत्रिका मा खबर छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान
पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्ष बन्धक
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु
स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
सिमा सुबेदी फेरी फर्केर आईन उनको नया भिडियो लिएर (हेर्नुहोस भिडियो)
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे

तपाईंले छुटाउनुभयो कि?