इङ्लिस प्रिमियर लिग : म्यान्चेष्टर युनाइटेडद्वारा चेल्सी पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
इङ्लिस प्रिमियर लिग : म्यान्चेष्टर युनाइटेडद्वारा चेल्सी पराजित

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ ।
  • गएराति स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराउँदै म्यान्चेस्टर विजयी भएको हो ।

काठमाडौं, ७ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । गएराति स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराउँदै म्यान्चेस्टर विजयी भएको हो ।

म्यान्चेस्टरको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा म्यान्चेस्टरले चेल्सीलाई हराउन सफल भएको छ ।

म्यान्चेस्टरले चौथो स्थानको चेल्सीसँगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । म्यान्चेस्टर ३८ अंकसहित सातौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?