ओलीले भने : खेलकुदले मित्रता बढाउँछ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३९ पटक हेरिएको
Shares
ओलीले भने : खेलकुदले मित्रता बढाउँछ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताए । उनले भने, ‘विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।’ उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए ।

अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताए । उनले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताए । कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद मार्गनिर्देश गरेको विचारबाट एकेडेमीले आफ्ना कार्यक्रम अघि बढाउँदा नयाँ–नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरे ।

उनले देशभरि नै खेलकुद पूर्वाधार निर्माणका लागि एमालेले नेतृत्व गरेको चर्चा गर्दै खेलकुदको विकास, खेलाडीको सम्मानका लागि एमालेले अगुवाइ गरेको बताए । उनले सुरु भएका खेलकुद पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने बताए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि राज्यले लगानी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले एकेडेमीले सबै विधाका खेलकुदको विकासका लागि सङ्गठन माध्यमबाट कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । उनले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए । त्यस अवसरमा एकेडेमीले आज बिहान आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

(https://www.biolighttechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित
मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
पेट्रोलको भाउ बढ्यो
पेट्रोलको भाउ बढ्यो
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै