मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौं ।
  • पशुपन्छी राज्यमन्त्री शम्भुलाल श्रेष्ठले निरन्तर ६ महिनादेखि मजदुरलाई श्रम शोषण गर्दै आएको खुलासा भएको छ ।
  • देउवा सरकारका पशुपन्छी राज्यमन्त्रीले सर्लाही रानीगन्जस्थित आफ्नो मिलमा काम गर्ने मजदुरलाई ६ महिनादेखि पारिश्रमिक दिएका छैनन् ।

काठमाडौं । पशुपन्छी राज्यमन्त्री शम्भुलाल श्रेष्ठले निरन्तर ६ महिनादेखि मजदुरलाई श्रम शोषण गर्दै आएको खुलासा भएको छ ।

देउवा सरकारका पशुपन्छी राज्यमन्त्रीले सर्लाही रानीगन्जस्थित आफ्नो मिलमा काम गर्ने मजदुरलाई ६ महिनादेखि पारिश्रमिक दिएका छैनन् ।

पीडित मजदुर भन्छन्सु, रु सुरुमा भोलि र पर्सि भन्दै आल्याङट्यल्याङ गर्दै पैसा दिएनन्, पछिपछि आफ्नो पारिश्रमिक माग्ने क्रममा प्रहरी लगाएर थुन्न लगाईदिन्छु भन्दै धम्की दिएका छन् ।

आफूसँग भएको नेपाल सरकारले उपलब्ध गराएको प्रहरी जवानलाई देखाउँदै एक इसारामा तँलाई र तेरो परिवारलाई गोली हान्दिन्छ भन्दै धम्क्याउने गर्दै आएको पीडित बताउँछन् ।

काम गर्दै गर्ने क्रममा शम्भुलाल श्रेष्ठले छिटो काम गर भन्दै लात्ताले हिर्काउने गरेको समेत पीडित बताउँछन् । आफू अहिलेसम्म आफ्नो परिवारलाई गाह्रो पर्ने भन्दै चुपचाप शोषण सहेर सो कुरा कसैलाई नबताएको भन्दै अब प्रहरीमा उजुरी दिने तयारी रहेको बताउँदै प्रशासनले न्याय दिनेमा पनि बिश्वस्त नरहेको बताउछन् ।

सो घटनाले अझै पनि न्याय, समानता र अधिकार श्रमजिवीहरु नपाएको कुरा प्रष्ट देखाउछ । के प्रशासनले सो मजदुरलाई न्याय देला त ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?