दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ३, २०७७
|
|
५३ पटक हेरिएको
Shares
दार्चुलाको गागामा सशस्त्रको गुल्म राख्ने तयारी

सारांश

  • दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।
  • बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ ।
  • बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।

बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ । बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । लकडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनाको टोली रहने छ ।

उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ । सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।

गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि रु ११ करोड रकम विनियोजन गरिसकिएको छ । लकडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा. डा. इन्द्रजीत राईले जानकारी दिएका छन् । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
AVG VPN Review – A Comprehensive Review in Product Line
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
साेमपाल र टिम दुवै टपमा, रन र विकेट कसकाे कति ?
साेमपाल र टिम दुवै टपमा, रन र विकेट कसकाे कति ?

तपाईंले छुटाउनुभयो कि?